स्विजरल्याण्ड । नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौं अधिवेशनमा रोशन केसीको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । अधिवेशनको उदघाटनपछि शनिवार भएको छलफलबाट सभापतिमा केसीसहितको समूहले उम्मेदवारी घोषणा गरेको हो ।
केसीको प्यानलबाट महामन्त्रीमा रेशम डङ्गोल र कोषाध्यक्षमा सावित्री लामा ले उम्मेदवारी दिएका छन् ।
सदस्य हरुमा बासुदेब बस्ताकोटी , नबराज थापा , सुजन जोशी ,पिताम्बर चापागाई , रामकृष्ण बम मल्ल ,बिष्णु अर्याल , टिकाराम खरेल ,उमानन्द आचार्य , एल .एन गुरागाई ,युवराज अधिकारी ,पोस्कांत न्यौपाने ,कमल आचार्य ,राजु पनेरु ,निरज कोइराला ,रामसरण रेग्मी ,किरण उप्रेती ,धुर्ब बस्नेत ,राम प्रसाद बास्तोला ,दिपक प्रसाद भुसाल ,नृप बुढा रहेका छन् ।
त्यस्तै
महिला तर्फ़ – लक्ष्मी तामांग ,मंजु छेत्री ,शान्ता देबकोटा र जनजाति तर्फ़ -, टेक बहादुर नेपाली ,बिजय भट्टचन , सुजन श्रेष्ठ रहेका छन् । केसीको प्यानललाई पूर्वअध्यक्ष बलराम श्रेष्ठ तथा वर्तमान अध्यक्ष नारायण सुबेदीको समर्थन रहेको छ । जनसम्पर्क समितिको नयाँ नेतृत्वका लागि दुई प्यानल भिड्ने भएका छन् ।
सभापति पदका उम्मेदवार रोशन केसीले यसअघि १ कार्यकाल एनआरएनए जापानको अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । यसअघि भएको अधिबेशनको छलफलसत्रले जनसम्पर्क समितिको विधान परिमार्जन गरी कार्यसमितिमा ५ उपाध्यक्ष रहने व्यवस्था गरेको छ ।
प्रतिक्रिया