रामकृष्ण ढकाल र हिमाल सागरको साङ्गितिक प्रस्तुति जुरिचमा सम्पन्न

इनेप्लिज २०७३ साउन २४ गते २२:४८ मा प्रकाशित

ram krishna bhattari

स्विटजरल्याण्डमा स्थायी रूपमा बसोबास गर्नु हुने तेन्पा गुरुङ् तथा मुस्ताङ समाजको आयोजनामा अगस्ट ६ तारिक शनिवारका दिन जुरिचमा भएको साङ्गितिक कार्यक्रम सम्पन्न भएको छ । जुन सुकै कार्यक्रममा पनि भाषण र आसन ग्रहणले दिक्क भएका नेपालीहरुले उक्त कार्यक्रममा भने भाषण र आसन ग्रहण रहित मनोरंजन गरेका थिए l

कार्यक्रम नियमित समय भन्दा केही ढिला सुरु भएपनी निकै सौहार्दपुर्ण वातावरणमा सन्चालन भएको थियो । कार्यक्रम सन्चालन स्वयं आफै आयोजक श्री तेन्पा गुरुङ्ले नै गर्नु भएको थियो ।आयोजकको तर्फबाट कार्यक्रममा आफ्नो समय दिई पाल्नुभएका सहभागीहरुलाई धन्यवाद दिनुका साथै सहयोग गर्नुहुने उपस्थित केहि संघ संस्थाका प्रतिनिधिहरुलाइ स-सम्मान खाता लागाइदिनु भएको थियो भने सुचना प्रचारप्रसार गर्ने स्विस नेपाल डट कम र नेपाल स्वीस डट कमलाइ पनि दोसल्ला लगाएर स्वागत गर्नुभएको थियो। सो लगत्तै गायकहरुलाइनै माइक हस्तान्तरण गरि कार्यक्रम संचालन गर्न दिईएको थियो ।

ram

पहिलो चरणमा रामकृष्ण ढकालले आफ्ना बिभिन्न चिर परिचित गितहरु प्रस्तुत गर्नु भएको थियो । ढकालले भाबुक गीतहरु गाएर दर्शकहरुलाइ स्तब्ध पारेका थिय भने नबोदित उदयमान गायक हिमाल सागरले कार्यक्रम आफ्नो रमाइलो दर्शक नचाउने गित प्रस्तुतगर्दा उपस्थित सबै दर्शकहरु स्टेजमा आएर नाचेका थिए । कार्यक्रममा स्विटजरल्याण्डका स्थानिय कलाकारहरु गौरी गुभाजु, शर्मिला वान ओल्देन मगर, मोनिका गुभाजु ,राजेन्द्र भण्डारी र छिरिङ गुरुङले पनि प्रस्तुति देखाएका थिए ।

कार्यक्रममा उपस्थित दर्शकहरुको बाहुल्यता त्यति धेरै नभएता पनि हर्सित र मनोरंजन लिईरहेका देखिन्थे । कार्यक्रम १० बजे सम्म चलेको थियो भने १० बजे पछि दिजे गरिएको थियो । जसमा लोक तथा अन्य आधुनिक लोक पपका गीतहरु घन्काएका थिए । उपस्थित सबै दर्शकहरु उफ्रि उफ्रि नाचेका थिए।

प्रतिक्रिया