मंगलबार, असोज ५ २०७८
काठमाडौं ०५:०७
वासिङटन डिसी 19:22

युएस खबरको समर धमाकाको लागि प्रमोद र आस्था टेक्सासमा, अन्ना स्टिर आज आउंदै

इनेप्लिज २०७३ साउन २० गते २२:३२ मा प्रकाशित

banner

युएस खबरले भोलि शुक्रबार अर्भिंग स्थित डिएफ़्डब्लु होटेलमा आयोजना गर्न लागेको बिशेष सांगीतिक कार्यक्रम “समर म्युजिकल धमाका”को लागि गायक प्रमोद खरेल र गायिका आस्था राउत टेक्सास आइपुगेका छन्। टेक्सास आए पछि उनीहरु शुक्रबार कसरि श्रोता दर्शकलाई मनोरंजन गराउन सकिन्छ भनेर आन्तरिक रिहर्सलमा लागेका छन्।

प्रमोद खरेलको भोलिको कार्यक्रम अहिलेको अमेरिका यात्राको तेश्रो कार्यक्रम हो। उनले कोलोराडो र विस्कनसिनमा कार्यक्रम सम्पन्न गरिसके। त्यहाँ प्रमोदको गला र कला हेर्न धेरै मान्छे आए। ती कार्यक्रममा उपस्थित दर्शकका अनुसार उनले धेरै राम्रो प्रस्तुति दिए। उनका संबेदनशील गीतहरुले मान्छेलाई एक छिन सोच्ने बनाए पनि लगत्तै रोमान्टिक गीत गाएर सारा दुख पिडा बिर्साइदिए। कोलोराडो र विस्कंसिन्को त्यो जोश उनले भोलि फेरी प्रस्तुत गर्दैछन् भने उनको नयाँ गीतको म्युजिक भिडियो पनि त्यहीं नै लन्च गर्ने कार्यक्रम छ। “मेरा शुभचिन्तक र दर्शकहरुलाई त्यहाँ आउन मेरो बिनम्र अनुरोध छ, तपाईंलाइ मैले निराश पार्ने छैन, भोलिको साँझ मलाई दिनुस” प्रमोद भन्छन।

आस्था पनि गत सप्ताहान्तमा ओहायोको क्लिभ्ल्याण्डमा थिइन। त्यहाँ उनले एउटा सांस्कृतिक कार्यक्रममा आफुलाई प्रस्तुत गरिन। उक्त कार्यक्रममा उपस्थित एक जना दर्शक भन्छन ” आस्थाले गर्नु गरिन, सबैलाई नचाइन, सबैलाई उठ्न बाध्य पारिन । हामीले हेरेका धेरै कार्यक्रम मध्य यो उत्कृस्ट र स्मरणयोग्य भयो”। भोलि फेरी त्यहि इतिहास दोहोर्याउन आस्था रिहर्सल गर्दैछिन। “भोलिको साँझ मेरो लागि अग्नि परिक्षा हो किनभने टेक्सासमा मेरो पहिलो कार्यक्रम हो। तपाईंहरुलाई नचाउने मेरो जिम्मा। नाच्ने मूडमा आउनुहोला।आशाको प्रस्तुतिमा सिटमा बसेर तालि मात्र बजाउने छुट कसैलाई हुँदैन। मेरो नाकको टुप्पोमा रिस छ। कोहि नाचेन भने मलाई रिस उठिहाल्छ। त्यसैले आउनुहोस यो शुक्रबार डिएफ़्डब्लु होटेलमा भेटौं अनि गाउँ अनि झुमौं” आस्था निर्धक्क संग भन्छिन।

अन्ना स्टिर जहाज चढिसकिन। दर्जनौं नेपाली लोक दोहोरि गाइसकेकी यी गायिका नेपाली समाजकी गहना हुन्। नेपालीहरुले नै आफ्नो पोशाक भुलेर बिदेशी पोशाकमा रमाईरहंदा उनि नेपाली पोशाकमा आफ्नो प्रस्तुति दिन्छिन।नेपाली पनि नेपाली भाषी जत्तिकै बोल्छिन। “म एकल र दोहोरि दुइवटै प्रस्तुतिको लागि तयार भएर आएकी छु। म तपाईंहरुलाई पक्कै रमाइलो बनाउने छु” जहाज चढ्नु अघि अन्ना ले भनिन।

यी र अन्य स्थानीय कलाकारको प्रस्तुति एबम डिजे शुशांतको जादु पनि भोलि डिएफ़डब्लुमा प्रस्तुत हुँदैछ। यसमा उपस्थित भएर कलाकारहरुको हौसला बढाईदिनु हुनको साथै युएस खबरको यो प्रस्तुतिमा सहयोग पुर्याउन युएस्खबर टिम सबैमा हार्दिक अनुरोध गर्दछ।

प्रतिक्रिया