काठमाडौँ, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरकारमा सहभागी हुने वा नहुने विषयमा आज टुङ्गोमा पुग्न सकेन ।
पार्टी पदाधिकारी तथा संसदीय दलको आज बसेको बैठकले राप्रपासँग एकीकरणका लागि अन्तिम प्रयास गरी सरकारमा सहभागी हुने तथा नहुने भन्ने बारेमा साझा धारणा बनाउन भोलि बिहान ९ बजे पुनः बैठक बस्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
आजको बैठकमा अधिकांश नेताले अब बन्ने सरकारमा सहभागी नहुनका लागि सुझाव दिएका थिए । यसअघि राप्रपा सरकारमा जाने तयारी गरिसकेको छ ।
प्रतिक्रिया