डिसीमा समर म्युजिकल साँझ सम्पन्न

इनेप्लिज २०७३ साउन १६ गते १३:५७ मा प्रकाशित

babu r nanditaभिन्तुना अन्तर्राष्ट्रियको आयोजनामा भएको समर म्युजिकल साँझ भव्यताको साथ सम्पन्न भयो l गत जुलाई ३० तारिख डिसी नजिक रहेको भर्जिनियाको एलेकजेनड्रिमा सम्पन्न उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा नेपालका प्रसिद्ध कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो l

उक्त संगीतात्मक साँझमा गायक दिपेश किशोर भट्टराई ,हरिश माथेमा ,बाबु बोगटी ,बिजय अधिकारी ,सुनिल उप्रेती ,निक्की कार्की ,बिनय पौडेल ,सुजाता उप्रेती नेपाली चलचित्रकि नायिका नन्दिता केसी ,सौजन संग्रौला तथा नेप्रोक्रिज़को गीत तथा नृत्य प्रस्तुति रहेको थियो l

IMG_2300दिपेश किशोर भट्टराईले मलाई माफ गरि देउ ,भेडाको उन जस्तो ,हरिस माथेमाले आँखाको नानी हौ तिमि ,मायाले माया गासि देउ तथा बाबु बोगटीले सान नानि तिमिलाई ,तिम्रो त्यो मनमा तथा तुलसी आँगनमा रोपौला लगायत अन्य चर्चित गीतहरु प्रस्तुति गरेका थिए l

प्रतक्ष्य संगीत माध्यम बाट प्रस्तुति भएको उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा निक्की कार्की ,बिजय अधिकारी ,सुनिल उप्रेती ,बिनय पौडेल तथा सुजाता उप्रेतीले आफ्ना तथा प्रख्यात कलाकारहरुले गाएका उत्कृष्ट गीत प्रस्तुति गर्दै दर्शकलाई मनोरंजन गराएका थिए l

IMG_2302

दर्शकको आग्रहमा बाबु बोगटी तथा सुजाता उप्रेतीले स्व नारायण गोपालको मोहनी लाग्ला है लाहुरेको भन्ने प्रसिद्ध गीत प्रस्तुति गरेका थिए l यसै गरि नेपाली चलचित्रकि नायिका नन्दिता केसीले नेपाली संस्कृति झल्कने सम्मिश्रित गितमा बेजोड प्रस्तुति गरेको थिइन् भने उनले अर्को नृत्यमा बाबु बोगटीको साथमा नृत्य प्रस्तुति गरेकी थिइन् l कार्यक्रमको सुरुवातमा सौजन संग्रौलाले हिन्दि चलचित्रका केहि सदाबहार गीत प्रस्तुति गरेका थिए l

कार्यक्रमको बिचमा नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट एच डेलिसीले नेपाल र नेपालको लागि सहयोग गर्ने उद्देस्यले आगामी अगस्त महिनामा भर अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुत हुने सुरसुधाको कार्यक्रम बारेमा जानकारी दिएका थिए l

bijay adhikari

कार्यक्रममा पिपुल एन टेक नामक संस्थाले कार्यक्रम हेर्न आएका दर्शकले खरिद गरेको टिकटबाट भाग्यशाली बिजेतालाई उक्त कम्प्युटरको लागि बिशेष तालिम निशुल्क प्रदान गर्ने घोषणा गर्यो l
आयोजक भिन्तुना अन्तर्राष्ट्रियको तर्फ बाट राम चन्द्र खरेलले सबैलाई बिशेष धन्यबाद दिएका थिए l

nickki IMG_2291 IMG_2295 IMG_2288 IMG_2277

IMG_2269 IMG_2267 IMG_2264 IMG_2252 IMG_2251 IMG_2250 FullSizeRender FullSizeRender (1) darshak scot dipesh

प्रतिक्रिया