एन आर एन क्यानडाको नवौं राष्ट्रिय सम्मेलनको भव्य तयारी

इनेप्लिज २०७३ साउन १४ गते १४:३१ मा प्रकाशित

अटवा ,जुलाइ २८ ,एन आर एन क्यानडाको नवौं राष्ट्रिय सम्मेलन, यही अगष्ट ६ तारिक शनिवारका दिन क्यानडाको यूरोप भनेर चिनिने फ्रेन्च भाषीहरुको वाहुल्यता रहेको क्यूवेक प्रोभिन्सको मूख्य शहर मन्ट्रियलमा हुने भएको छ । क्यानडामा रहेका १० वटै प्रोभिन्स र तीन वटै टेरिटोरीहरुमा रहेका नेपालीहरु र नेपाली संघ संस्थाहरुका प्रति निधिहरुको भव्य उपस्थिति हुने कुरा आयोजक कमिटिका संयोजक तथा एन आर एन क्यानडाका उपाध्यक्ष दिपक श्रेष्ठले जानकारी गराउनु भयो ।

क्यानडा सरकारका प्रतिनिधिहरु क्यूवेक राज्यका प्रिमियर, मन्ट्रियल नगरका प्रमुख ,सांसदहरु तथा क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोख्रेल ,काउन्सिलर कुन्जर शर्मा , एन आर एन अमेरिकाका अध्यक्ष, एन आर एन क्षेत्रिय उपसंयोजक , तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ । यस सम्मेलनले संस्थाको विधान माथि छलफल गरी बिभिन्न सुधार तथा परिमार्जनहरु गर्नेछ ।यस कार्यसमितिको सांगठानिक प्रतिवेदन अध्यक्ष तुलसी साप्कोटाले र आर्थिक बार्षिक प्रतिबेदन कोषाध्यक्ष सुर्य भट्टरार्इले प्रस्तुत गर्नु हुने छ । कार्यक्रममा बर्षदिनमा एनआरएन क्यानडाले गरेका प्रगति तथा योजनाहरुको समिक्षा गरिनुका साथै आगामी योजनाहरुको बारेमा छलफल गरिने छ ।

दिनभरको गहन र व्यस्त कार्यतालिकालार्इ स्मरण युक्त बनाउन डिनर पश्चात सांस्कृतिक कार्यक्रमको आयो जना गरिएको छ । अटवा ,टोरन्टो ,ब्राम्टन ,तथा मिसासागाबाट आएका कलाकारहरुका साथमा मन्ट्रियलका स्थानिय कलाकारहरुले नृत्य गीत प्रहशन तथा नाटकहरु मन्चन गर्ने छन् । एनआरएन क्यानडाको नवौं राष्ट्रिय सम्मेलनलार्इ भव्य रुपमा सफल बनाउनका लागि दिपक श्रेष्ठको संयोजकत्वमा बनेको उक्त आयोजक कमिटीमा उपाध्यक्ष सुरेन उप्रेती ,महासचिव सुमन लम्साल ,कोषाध्यक्ष सुर्य भट्टरार्इ ,प्रवक्ता किस्मत भन्डारी, सदस्य सन्त राजभन्डारी, माधव गजुरेल स्थानिय एएनक्यूका अध्यक्ष यूवराज भण्डारी त्यस्तै एएनक्यूका सम्पूर्ण सल्लाहकारहरु र कार्यसमितिका पदाधिकारीहरु रहनु भएको कमिटिले समारोहको तयारी लगभग पूरा भइसकेको जनाएको छ ।

क्यानडा भरी आफ्नो व्यापार व्यवशाय गर्ने नेपालीहरुलार्इ यस वृहत सम्मेलनमा स्पन्सर गरी आफ्नो व्यापार बृद्धि गर्न समेत आयोजक कमिटी अनुरोध गर्द छ । उक्त सम्मेलनमा उपस्थिहुने पाहुनाहरुको बस्ने व्यवस्था समेत स्थानिय संस्थाका प्रतिनिधिहरुले गरेकोकुरा श्री श्रेष्ठले जानकारी गराउनु भयो । कार्यक्रम 790 Rue Jarry West Montreal, QC H3N 1G6 मा हुनेछ ।

प्रतिक्रिया