नेपाल डे फेस्टिभलमा लाखे तथा झ्यालिंचा नाच ,नेवार भेषभुषाको प्रदर्शनी र नेवार नृत्यको तयारी पुरा

इनेप्लिज २०७३ साउन १३ गते ४:३६ मा प्रकाशित

62cd8a21-fad9-48bd-9dbc-47cb6b52a893

टोकियो, २०१६ जुलाई २८ –

वर्ल्ड नेवा :अर्गनाईजेशन जापानले २०१६ अगस्त ६ र ७ मा शिबुयाको योयोगी पार्कमा हुने नेपाल डे फेस्टिभलमा लाखे तथा झ्यालिंचा नाच र नेवार भेषभुषा र नेवार नृत्य र बाजाको प्रदर्शन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ l उक्त कार्यको लागि संयोजक रहनु भएकी इन्दिरा सुजुकी राजभण्डारीज्युले बिज्ञप्ति मार्फत उक्त कार्यक्रम को तयारी पुरा भएको जनाउनु भएको हो l

10eeaac5-55af-4105-ba28-a0ab5ffaa8c7

उक्त दिन जापानमा बस्नु हुने सम्पूर्ण नेवार दाजुभाइ दिदीबहिनीहरु सक्दो आफ्नो भेष भुषामा सहभागी भइ दिन बिनम्र आग्र्ह गर्दछौं l सकेसम्म आफु पनि नसके आफ्नो बाल बालिकाहरुलाई मात्र भए पनि नेवार भेष भुषामा सहभागि भई दिन अनुरोध गर्दछौं l
नेवार भेष भुषाका लागि सक्दो आफैले नसके वर्ल्ड नेवा:अरगनाईजेशन जापानमा सम्पर्क गर्न सकिनेछ l
नेवार नृत्य ,नेवार बाजा (धिमे ,बाँसुरी इत्यादि ),लाखे नाच र झ्यालिंचा नाच गर्न चाहने , कुनै पनि नेवार संस्कृति झल्कने कला प्रदर्शन गर्न इच्छुक व्यक्तिहरुले
[email protected] मा सम्पर्क गर्नु होला l

62b1e486-69e9-40ed-9a46-ddd2440c1cfd

लाखे तथा झ्यालिंचा नाच ,नेवार भेषभुषा र गहनाहरु ,नेवार नृत्यका सामानहरु ,धिमे बाजा ,खिं बाजा ,भुस्या आदि उक्त कार्यक्रमका लागि चाहिने सम्पूर्ण सामानहरु वर्ल्ड नेवा: अर्गनाईजेशन जापानका प्रतिनिधि सविता श्रेष्ठज्युले नेपालका बिभिन्न स्थानहरुबाट संकलन गर्नु भएको हो l

905d5104-744d-4f4e-91e1-e3be64044a0e

7446b267-c307-450c-be6f-1b714e6b1b29

प्रतिक्रिया