प्रेस विज्ञप्ती

इनेप्लिज २०७३ साउन १० गते ११:४३ मा प्रकाशित

BUDDHA TICKET (1)

मिति २०७३।४।९

प्रेस विज्ञप्ती
बुद्ध, मि एण्ड नेपालले भूकम्पबाट ग्रस्त जिल्ला सिन्धुपाल्चोकमा बुद्धको १०० फुट अग्लो मुर्ति तथा शिक्षालय स्थापनार्थ यहि साउन १४ गते काठमाडौंमा चर्चित कलाकारहरु किरण के.सी, शिवहरि पौड्याल, दिपकराज गिरी, दिपाश्री निरौला, मनोज आचार्य, सबिता गुरुङ्ग, कोमल वली, सुरेन्द्र के.सी., शिव शंकर रिजाल, राजेश पायल राइर्, सुशिल क्षेत्री, विल्सन विक्रम राई, मिलन अमात्य, सुनिता दुलाल, डिजराज पौडेल, शंकर वि.सी, पार्वती राइ, जेनी कुंवर तथा थुप्रै कलाकारहरुको साथमा मेरो बुद्ध ,मेरो नेपाल मनोरञ्जन साँझ २०७३ गर्न लागिएको छ । बुद्ध, मि एण्ड नेपालले ७५ वटै जिल्लामा १०० फुट भन्दा अग्लो र सोही स्थानमा बुद्ध शिक्षालय स्थापना गर्ने निकै महत्वपूर्ण र महान लक्ष्य बोकेर स्थापना भएको संस्था हो ।

यसै क्रममा पहिलो पटक सिन्धुपाल्चोक जिल्लाबाट यसको निर्माण गर्ने उद्देश्य अनुरुप उक्त योजनालाई साकार वनाउन र सफल वनाउन सहयोगार्थ कायक्रम मेरो बुद्ध मेरो नेपाल मनोरंजन सांझ २०७३ आयोजना गरिन लागिएको हो । यस संस्थामा नेपालका चर्चित कलाकार,व्यापारी,समाजसेवीहरुको संलग्नता रहेको छ । यस अभियानमा सवैको सहभागीता गराउनु पर्छ भन्ने आम नागरिकको माग बमोजिम हामीले यस पटक प्रज्ञा भवनमा थुप्रै नेपालका चर्चित कलाकारहरुको सहभागितमा उहांहरुको उत्कृष्ट प्रस्तुतीले मनोरंजन प्रदान गराउन गैरहेका छौ । यस कार्यक्रमबाट उठेको सम्पुर्ण रकम सिन्धुपाल्चोक जिल्लामा बुद्ध मूर्ति र बुद्ध शिक्षालय निर्माणका लागि उपयोग गर्ने जानकारी गराउछौं । कार्यक्रम मितिः २०७३।४।१४ समयः दिनको ५ः०० वजे स्थानः प्रज्ञा भवन कमलादी ……

(किरण के.सी)
उपाध्यक्ष
बुद्ध, मि एण्ड नेपाल

प्रतिक्रिया