छिमेकीको उन्नति

इनेप्लिज २०७३ साउन ९ गते १७:३९ मा प्रकाशित

dev khanal

हाम्रो देशको परम्परा सस्कृति, सस्कार बिस्वको उत्कृस्ट मध्ये पहिलो हो l हामी नेपाली आफनो दुख लाई लुकाएर भए पनि सामाजिक भेला होस् वा छिमेकीको दुख सुखमा वा राष्ट्र वा बिस्वमा भएका सुख र दुखलाई नजिक बाट हेरी रहेका हुन्छौ lहामीबीचको मित्रता, भाईचार ,पारिबारिक संघठनलाई देखेर विस्वका मानब जाति चकित पर्ने गर्छन l

ठुला लाई सानोले सम्बोधन गर्ने ,पारिबारिक दाहित्व बहन गर्ने ,सामाजिक रिति-थितिमा समयमा जमघट हुने सस्कार लाई देखेर हामी नेपाली लाई मुक्त कण्ठले प्रसंसा गरेको सुन्न पाईन्छ l आज हामी पाकेको फर्सी जस्तो देखिन थालेको अनुभब हुन्छ l बाहिर बाट हेर्दा सुन्दर देखिने फर्सी भित्र बाट गनहि सकेको छ l पस्चामी सस्कार लाई देखेर नक्कल गर्दा हाम्रो सस्कार हराउदै आज हामी सव्यम हराएको महसुस हुन्छ l

छिमेकीको उन्नति देखेर आफनो प्रगति गर्नु पर्छ भन्ने सोच हराएर छिमेकीको घर कसरि भत्काउने भन्ने सोच प्रगति हुदैछ l हामी जस्तै गरिब राष्ट्र भारत र चीन बिस्वमा सक्ति राष्ट्र बनि सके भने हाम्रा नेता छिमेकिले दिएको कौवा बिरयानी खाएर मस्त छन् अनि कहाँ बाट हाम्रो देशको उन्नति होला l

यो देश नेताले बिगारेका हुन् भने जनता साछी किनारामा बसेका छन् l लगाम बिनाको घोडा जता पनि जान सक्छ भन्ने कुरालाई बिर्शेर जनता पार्टीका अन्धभक्तहरु गलत गरे पनि सहि हो भनेर ताली बजाउदै बिपक्षीले गरेका सोचेका राम्रा कुरालाई मुल्यांकन गर्न नसक्नु लाई हाम्रो दोस हो l राजनैतिक पार्टीका नेताहरु आफनो स्वार्थ पुरागर्न जनतालाई प्रयोग गर्छन l

मुलुकमा गणतन्त्र आए पश्चात पार्टीका नेताहरु जनताका समस्या लाई सम्बोधन गर्नु भन्दा समूहका ब्यक्ति लाई परिचालन गरि आफु सत्ता सयलमा रमेका छन् l हिजो भ्रस्टाचार टेबल मुनि बाट हातमा पर्थियो भने आज खुल्ले आम हुन्छ , हिजोको चाउरे पार्टीको आडमा डोन, सामाजिक बरिस्ठ भएको छ कहाँ बाट आयो त्यो सम्पति मानौ उसलाई माथि बाट कुबेर साहुले बोरामा दिएको उपहार हो l

हामी सग सबै किसिमको स्रोत साधन हुदाहुदै पनि गरिब भएर बस्नु परेको बास्तबिकतालाई बिर्शेर कुनै पार्टीको हनुमान हुनुको औचित्य छैन l हामी सग भएका पार्टीका नेताहरु देश बनाउने कुरामा भन्दा आफु कसरि इतिहास बनाउने भन्ने दाउमा बसेका छन् l बिस्वमा नेपालीहरु छरिएर बसेका छन् आज अमेरिका लाखौ नेपालीहरु बसोबास गरेका छन् सबैको आफुले गर्न सक्ने काम बाट आफनो आथिक अवस्था मजबुत बनाएका छन् l

हामी नेपाली कठिन परिश्रम गर्न सक्ने वर्गमा छौ lआफुलाई मात्र नेपाली हौ भन्ने गर्ब गर्नेहरु आज अलि कति देशका लागि सोची दिने भने देश विकासको मार्गमा लम्किने अवस्था आउने थियो l हामी पराई भए पनि हाम्रो उन्नतिको बाटोमा लागोस हाम्रो देशको परिचय गरिब राष्ट्र हो भनेर कसैले भन्न नसकोस l हामी परदेशमा बसेर पनि आफु नेपाली भएको पहिचान सगौरब गर्छौ l

प्रतिक्रिया