अफगानमा हत्याभएका नेपाली परिवारलार्इ क्यानडामा बशोबासको माग

इनेप्लिज २०७३ साउन ७ गते १:४६ मा प्रकाशित

IMG_3459 (1)

अटवा .जुलार्इ २१।२०१६

आज क्यानडाको राजधानी अटवामा बस्ने नेपालीहरुको एक प्रतिनिधि मण्डलले क्यानडा सरकारको नेतृत्व गरिरहेको लिवरल पार्टिका सचेतक माननिय ए्न्ड्रु् लेस्लीलार्इ भेट गर्यो । उक्त भेटमा नेपाल र क्यानडाका विचको पाँचदसक भन्दा लामो सम्बन्ध रहेको इतिहाँसको स्मरण गरायो ।क्यानडा र नेपालविच सरकारी .बिभिन्न संघ संस्था र जनताहरु विचमा पनि प्रगाढ सम्बन्ध रहेको कुरा स्पष्ट गरायो । क्यानडा सरकारले नेपालको विकाश निर्माणमा पुर्याउँदै आएको सहयोगको सराहना गर्दै यसलार्इ निरन्तरता दिन आग्रह गर्यो ।

निवर्तमान कन्जर्भेटिभ सरकारले २०१३ देखि नेपाललार्इ प्राथमिकता लिस्टबाट हटाएको कुरा स्मरण गराउँदै यस सरकारले पुन प्राथमिकता लिस्टमा राखी नेपालको विकाश निर्माणमा सहयोग पुर्याउनुपर्ने कुरामा जोड दियो । भूकम्प द्वारा भएको हजारौको मानविय क्षति पश्चात भारतिय नाकाबन्दीबाट क्षत्बिक्षत भएको नेपाललार्इ क्यानडा सरकारबाट विकाश निर्माणमा अझै सहयोग आवश्यक्ता रहेको कुरा स्पष्ट गरायो ।

गत जुन बिस तारिकमा अफगानको काबुलमा क्यानडाको राजदूतावासलार्इ सुरक्षा दिने निहत्था १४जना नेपालीहरुको हत्या भएको र केहि घाइते भएका छन् । ती घाइतेहरुको उचित उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरियो । उक्त घटनाका मृतकका परिवारलार्इ उनीहरुले क्यानडा आउने इच्क्षा व्यक्त गरे उनिहरुलार्इ क्यानडा सरकारले क्यानडा ल्याउनु पर्ने र बसोवासको उचित व्यवस्था गर्नु पर्ने कुरामा जोड दियो ।

सचेतक माननिय एन्ड्रु लेस्लीले यसमा आफु सकारात्मक भएको र नेपाल राजदुतावास संग समन्वय गरी अगाडि बढने कुरा बताउनु भयो । नेपागैरआवाशिय नेपाली संघ क्यानडाका उपाध्यक्ष सुरेन उप्रेतीको नेतृत्वमा गएको उक्त टोलीमा अनेसास क्यानडाका अध्यक्ष कमल कोइराला तथा क्यानडा नेपाल सोलिडारिटी फर पिसकी अध्यक्ष तारा उप्रेती सरिक हुनुहुन्थ्यो ।

प्रतिक्रिया