वर्ल्ड नेवा: अर्गनाईजेशन जापानकी प्रतिनिधिद्वारा भुकम्पबाट क्षतिग्रस्त ऐतिहासिक नाला सत्तल निर्माणका लागि सहयोग

इनेप्लिज २०७३ साउन ६ गते ८:२० मा प्रकाशित
Nala Sattal Nirman
गत बर्षको विनासकारी भुकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त ऐतिहासिक नाला करुणामय सत्तल  निर्माणको सहयोग स्वरुप नाला करुणामय सत्तल निर्माण सहयोग समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठज्युलाई ने. रु. ३१०,५५५  वर्ल्ड नेवा: अर्गनाइजेशन जापानका  प्रतिनिधि  प्रमिला शाक्यज्युबाट २०१६ जुलाई २० तारेखका दिन नालामा भएको एक  समारोहमा हस्तान्तरण गरियो l
Nala Karunamaya
भुकम्पबाट क्षतिग्रस्त सत्तल पुन:निर्माणको  लागि सहयोग गरिदिनु भएकोमा वर्ल्ड नेवा: अर्गनाईजेशन जापानकी  प्रतिनिधि प्रमिला शाक्यज्युलाई  धन्यबाद दिंदै सत्तल निर्माण कार्यको शिलान्यास  शुरु भई सकेको र केहि महिनामा नै निर्माण कार्य पुरा हुने कुराको जानकारी अध्यक्ष दिल बहादुर श्रेष्ठज्युले बताउनु भएको थियो  l
Pramila Shakya
गत वर्षको भूकम्पले ऐतिहासिक  नाला करुणामय मन्दिर प्राङ्गणको उत्तर दिशाको सत्तल  पूर्ण क्षतिग्रस्त भएको हुनाले आदिरत्न शाक्यज्युको संयोजकत्वमा नाला करुणामय सत्तल पुन: निर्माण सहयोग समिति गठन गरेको थियो l
wno logo
हाम्रो संस्कृतिको सरंक्षण र संबर्धन र आवश्यकता परेको खण्डमा केहि सहयोग गरौं भन्ने भावनाले  प्रेरित भई WNO  जापानमा सक्रिय रुपमा लाग्नु भएकी प्रमिला शाक्यज्युले आफ्ना आमा ,बुबा ,बज्यै र वर्ल्ड नेवा: अर्गनाईजेशन जापानको नाममा उक्त रकम सहयोग गर्नु भएको हो l

प्रतिक्रिया