हेटौडाका अपांग बालबालिकाको लागि शिव परियारको स्पेनमा एकल साँझ हुने

इनेप्लिज २०७३ साउन ५ गते २०:११ मा प्रकाशित

shiva pariyar in spain

स्विजरल्याण्ड । फेमिलिया दे हेटौडाको आयोजनामा आगामी जुलाई २४ तारिख बार्सिलोनामा शिब परियार एकल साँझ हुने भएको छ । काईया सिसिलिया, ३२१ मा साँझ ४ बजेदेखि हुने उक्त कार्यक्रममा स्पेनमा रहेका नेपाली तथा स्थानीय स्पानिश विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने फेमिलिया दे हेटौडाकि संचालिका स्पेनिस चेली आईना बार्काले मेरोजिल्ला डट कम लाई जानकारी दिनु भयो ।
परियारको एकल सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय कलाकारको उपस्थिति भएपनि प्रस्तुति नहुने बार्काले बताउनु भएको छ । बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थको लागि गरिएको उक्त एकल साँझ कार्यक्रममा स्पेनमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति हुने आशा गरिएको छ ।
विदेशमा थुप्रै एकल तथा सामुहिक कार्यक्रमहरु गरे तर विदेशबाट एउटी स्पेनिस चेलीले हाम्रै देशमा पुगेर बालबालिकाहरु सघाईरहेको देख्दा मेरो मन छोयो र हौसला दिन नै बार्सिलोनामा आएर सहयोगार्थको लागि कार्यक्रम गर्न लागिएको शिव परियार बताउँछन् । परियारले आफ्ना लोकप्रिय गीतहरु राख्ने छन् भने नेपाली समुदायको ठुलो साथ रहने हेटौडाली परिबार नामक गैर सरकारी सँस्थाकी संस्थापक समेत रहेकी आईनाले आशा राखेकी छन् ।

प्रतिक्रिया