डिसीमा नेपालका वरिष्ठ प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल सम्मानित

इनेप्लिज २०७३ साउन २ गते १७:४८ मा प्रकाशित

IMG_1978जुलाई १७ ,नेपाल प्रहरीका ख्याती प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक सर्बेन्द्र खनाललाई डिसीमा सम्मान गरिएको छ l डिसी महानगर क्षेत्रमा स्थापित कलाकारहरुको संघ युनाइटेड नेपाल तथा भिन्तुना इनटरनेसनलको सहयोगमा खनालले नेपाली समाज निर्माणको खातिर राष्ट्र सेवाको लागि गरेको अतुलनीय योगदान गरे वापत सम्मान गरेको छ l

कार्यक्रममा आयोजक संस्था युनाइटेड नेपालका अध्यक्ष किरण प्रताप केसीले खनाल तथा नेपाली समुदायका प्रतिनिधिहरुलाई स्वागत गर्दै उपस्थित जनाएकोमा धन्यवाद दिएका थिए l

IMG_1983कार्यक्रममा खनाललाई समर्पित गर्दै कबि प्रकाश नेपालले कविता वाचन गरेका थिए थिए भने संचारकर्मी राम प्रसाद खनालले साथ दिएका थिए l संचारकर्मी राम चन्द्र खरेलले भिन्तुना इनटरनेसनलको तर्फबाट खनालको प्रसंशा गर्दै स्वागतम गरेका थिए l संचारकर्मी राम प्रसाद खनालले पनि वरिष्ठ प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल बारेमा बोलेका थिए l

IMG_1969 (1)वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले पछिल्लो समयमा उपत्यकामा अत्याधिक रुपमा मौलाउदै गरेका गुण्डागर्दी, अपराधिक गतिबिधि तथा कालाबजारी नियन्त्रण गर्न चालेका कदमहरुको उच्च प्रसंशा गर्दै अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सम्मान गरिएको हो l

IMG_1964वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले सम्मान गरेकोमा डिसी बासिलाई धन्यवाद दिएका थिए l र उनले मन्तब्य व्यक्त गर्दै नेपालमा आफुलाई भावना बाट गरेको सम्मानको उच्च कदर गर्दै धन्यवाद दिए l मन्तब्यको क्रम मै डिसी बासीले सर्बेन्द्र खनाललाई सम्मान गरेको हैन यो एक राष्ट्र सेवकले गरेको प्रवृति लाई सम्मान गरेकोमा धन्यवाद दिए l

देश र समाजको लागि आफुले सदैब भरि लागि गरि रहने बचनबद्धता दिदै जस्तै सुकै कठिन परिस्थितिलाई पनि सामना गर्ने प्रतिबद्धता जाहेर गरे l खनालले सचेत र सतर्क भै काम गर्ने छु l र यसको लागि आफुलाई यहाँहरुको सहयोग चाहिने बताए l

IMG_1959विसंगति र बिकृति प्रति लड्ने लड्ने प्रतिबद्धता जाहेर गर्दै ईमान्दारीताका साथ काम गर्ने बताए l कार्यक्रम संचालन संचारकर्मी परशुराम तिमिल्शिनाले स्वागत गर्दै कविता वाचन गर्दै कार्यक्रम सुरु गरेका थिए l

FullSizeRender

IMG_1993 IMG_1986 IMG_1987 IMG_1989 IMG_1991

d c

IMG_2002 IMG_2003 IMG_2007

प्रतिक्रिया