कपिलबस्तु राष्ट्रिय युवा अभियानको प्रथम जिल्ला भेला सम्पन्न संयोजकमा-पाण्डे ।।

इनेप्लिज २०७३ साउन १ गते १८:५९ मा प्रकाशित

ध्रुब क्षे13695826_273980646292372_848708843_nत्री -श्रावर्ण,१’ कपिलबस्तु ”समृद्धिका लागि युवा” भन्ने नारा लिएर नयाशक्ति नेपाल निकट आंगिक संगठन राष्ट्रिय युवा अभियान कपिलबस्तुले ७१ सदस्यीय अन्तरिम जिल्ला समिती गठन गर्दै प्रथम जिल्लला सम्पन्न गरेको छ। जिएन पाण्डेको अध्यक्षतामा सर्बसम्मत प्रत्येक क्षेत्र, बर्ग, जातजनजातीबाट प्रतिनिधित्व हुने गरी तोकिएको समिती गठन गरिएको हो । कार्यक्रममा राष्ट्रिय युवाअभियान नेपाल का केन्द्रिय अध्यक्ष कमल शाही, प्रशिक्षण बिभाग प्रमुख सौगात पोख्रेल, अभियानका प्रवक्ता टेकेन्द्र जोशी, अभियानका केन्द्रिय सचिवालय सदस्य पंकज राइ, अभियानका बिदेश बिभाग प्रमुख शंकर भण्डारी, नया शक्ति नेपालका केन्द्रिय सचिवालय सदस्य बिष्णुहरि शर्मा, केन्द्रिय परिषद सदस्य रामलौटन तिवारी, इलियास मुसलमान, अब्दुल मोमीन मुसलमान, प्रदेश नं. ५ का सदस्य सुरेन्द्र तिवारी, जिल्ला संयोजक नारायण खनाल लगायतको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नया शक्ति बिद्धार्थी युनियनका जिल्ला संयोजक अब्दुल करिम गद्दीले भेलामा आउनुहुने सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यो अभियान सामाजिक र सांस्कृतिक नभएर राजनितिक अवस्थाको आमूल परिवर्तन गर्न अभियानमा युवाहरुको महत्वपूर्ण भूमिका हुने हुनाले युवाहरु अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । राजनिति भन्दा आर्थिक समृद्धि तर्फ अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

13689543_273980522959051_1055575579_n

उक्त भेलालाइ सम्भोधन गर्दै नयासक्ति नेपाल पार्टीका केन्द्रिय सचिवालय सदस्य बिष्णुहरि शर्माले वैकल्पिक विचारको विजारोपण गर्न र नयाँ शक्ति नेपाललाई राष्ट्रिय युवा अभियानले अगाडी बढाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले अब पुरानो पुस्ताले भन्दा नयाँ पुस्ताले अघि बढ्नु पर्नेमा जोड दिनुभयो । साथै उहाले कोहि पनि असली राष्ट्रवादलाइ जर्गेना गर्न लाग्छ भने’ उ, स्वयम् आफु सर्वप्रथम राष्ट्रवादी हुनुपर्नेमा समेत जोड दिनु भयो । यसैगरि राष्ट्रिय युवा अभियानका केन्द्रिय अध्यक्ष कमल शाहीले ३ चरणमा अभियानले काम गर्ने बताउनुभयो । सदस्यता निर्माण अभियान, स्वरोजगारमा पहल र नतिजामुखी कार्यक्रम संचालन गरिनुुपर्नेमा जोड दिनु भएको थियो । देशभरका २४ वटा जिल्लामा भेला सम्पन्न गरि २५ औं जिल्लाको रुपमा कपिलबस्तुमा भेला सम्पन्न गरिएको समेत जनाइएको छ । उक्त भेला राष्ट्रिय युवा अभियान कपिलबस्तु जिल्ला संयोजक जिएन पाण्डेको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संचालन सोनु कुमार सुनारले गर्नुभएको थियो ।

प्रतिक्रिया