हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

इनेप्लिज २०७३ साउन १ गते ५:०१ मा प्रकाशित

download (1)रत्ननगर (चितवन), १ साउन । दक्षिण चितवनको माडीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।

घरमै सुतिरहेकी वृद्धाको चितवन राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हात्तीले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति करिब १ः३० मिनेटको समयमा माडी नगरपालिका–८ हरिनगरमा उक्त घटना भएको हो । हात्तीको आक्रमणबाट स्थानीय कनुवा पावेकी श्रीमती ७५ वर्षीया जल्पु पावेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शवलाई अहिले स्थानीय माडी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । हात्तीले आक्रमण गर्दा उनको घर समेत क्षति पुगेको जनाइएको छ ।

माडी क्षेत्र चितवन निकुञ्जले घेरेको उपत्यका रहेकाले यहाँ जङ्गली जनावरको आक्रमणमा बर्सेनि जनधनको क्षति हुँदै आएको छ ।

प्रतिक्रिया