चितवन बारमा उम्मेदवारी घोषणा

इनेप्लिज २०७३ साउन १ गते १:१३ मा प्रकाशित

13664779_1123990447674122_911855715_n

भरतपुर, चितवन ३१ असार ।
नेपाल बार एसोसियसन चितवन इकाइको १९औं अधिवेशनमा कानुन व्यवसायीहरुले उम्मेदवारी घोषणा गरेका छन् । एसोसियसनको आगामी श्रावण २२ गते हुने अधिवेशनका लागि चुनावी मैदानमा उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरेका हुन् । पेशागत कानुनी व्यवसायी संगठन (पि.एल.ए.) का तर्फबाट अध्यक्षमा गोपीलाल देवकोटाले उम्मेदवारी घोषणा गरेका छन् । संगठनको तर्फबाट आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्यानलगत रुपमै उम्मेदवारी घोषणा गरिएको थियो । २३ वर्ष देखि कानुन व्यवसायमा आवद्ध देवकोटा बार एसोसियसनको सदस्य, केन्द्रीय पार्षद र संगठनको संस्थापक समेत रहेका छन् । नागरिक समाज चितवनका सचिव समेत रहेका देवकोटाको प्यानलमा उपाध्यक्ष शिव कुमारी पाण्डे भण्डारी, सचिव रमेश काफ्ले, कोषाध्यक्ष बिनोद मिश्र, सह–सचिव सरिता शर्माको उम्मेदवारी घोषणा भएको छ । त्यस्तै सदस्यहरुमा शिवराम महतो, हरि मैनाली, हरिभक्त ढकाल, जनकराम पौडेल, तुलसीराम पाण्डे, सपि मिया, माधव पौडेल रहेका छन् । सदस्यमा एकजनाको भने पछि उम्मेदवारी घोषणा गरिने बताइएको छ । त्यस्तै केन्द्रीय पार्षदमा कमल कुमारी श्रेष्ठ, सिताराम कंडेल, भवानी लोहनी, कृष्णप्रसाद भण्डारी, नारायण गिरी, जीवनज्योती वि.क. को नाम घोषणा गरिएको छ भने एक जना पार्षदको पछि घोषणा गरिने बताइएको छ । १३ सदस्यीय कार्यसमिति र ७ केन्द्रीय पार्षदको लागि हुने निर्वाचनमा १ सय ७६ जना चितवनका कानुन व्यवसायीहरुले मतदान गर्ने निर्वाचन परिचालन कमितीका संयोजक अधिवक्ता प्रकाश रेग्मीले जानकारी दिए ।

13695856_1123990434340790_1795689904_n

वामपन्थी निकट संगठनका कानुन व्यवसायीहरुले उम्मेदवारी घोषणा गरेपनि कांग्रेस निकट प्रजातान्तित्रक संगठनका कानुन व्यवसायीहरुले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । पेशागत कानुन व्यवसायी संगठन चितवनका अध्यक्ष कृष्ण प्रसाद डोटेलको अध्यक्षतामा भएको कार्यक्रममा बार एसोसियसनका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ, जगन्नाथ भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । संगठनका कोषाध्यक्ष महेश चन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अध्यक्षका उम्मेदवार गोपीलाल देवकोटाले आफ्नो जित सुनिश्चित रहेको बताए । ९२ जना भन्दा बढी कानुन व्यवसायी आफ्नो संगठनमा आवद्ध रहेकोले आफ्नो जित सुनिश्चित रहेको बताए । बार एसोसियसनलाई समृद्ध बनाउने, बार र बेञ्चको सम्बन्ध सुमधुर राख्ने, कानुनी राजको व्यवस्था गर्ने र गराउने, वर्तमान संविधान कार्यान्वयन गर्न भूमिका खेल्ने, कानुन व्यवसायीहरुको हक, हित र सुरक्षाको लागि लड्ने, नवोदित कानुन व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने, बारलाई पूर्ण रुपमा आधुनिक प्रविधियुक्त बनाउने एजेण्डाका साथ आफु चुनावी मैदानमा उत्रिएको र आफ्नो जित पश्चात कार्यान्वयन गर्न समेत प्रतिवद्ध रहेको अध्यक्षका उम्मेदवार देवकोटाले बताए ।

प्रतिक्रिया