अमेरिकामा नेपाली सात पटक बत्तीस दन्त देखाउदै किन दंग हुन्छन ?

इनेप्लिज २०७३ असार ३१ गते २३:२८ मा प्रकाशित

bijay thapa

बत्तीस दाँत नभएता पनि गिजा देखाएर हासियो भने बत्तीस देखाएर हासेको आरोप लाग्दछ l मानिसको मनचिन्ते पुरा भए मानिस औधि खुसि हुन्छ l नशा नशा फुल्दछ l मानिस दंग पर्छन l खुसिको कुरा सुन्दा र हुँदा मानिस औधि हर्षित हुन्छन l

त्यसमा पनि सपनाको संसार अमेरिका आउन पाउँदा र आफुले ईक्षा गरेका कुराहरु प्राप्ति हुँदा मानिस अत्यधिक रमाउने गर्छन l र अमेरिका आई पुगेका नेपालीहरु अमेरिकाको बसोबासमा धेरै पटक रमाएता पनि सात पटक जीवन भर नबिर्सने गरि खुसि हुन्छन l र जीवन भर त्यसलाई सम्झने गर्छन l

प्रथम ,प्रवेश आज्ञा :अमेरिका आउने सपना लिएकाहरुका लागी अमेरिका जान पाउने फलामे ढोका अमेरिकन दुताबासले प्रवेश आज्ञा को टाचा लगाई दिने बितिकै जो कोहि औधि हर्षित हुन्छन l खुसीको सिमा नै रहदैन l नेपाल मै हुदै अनेकौ परिकल्पनामा डुबिन्छ l के गरौ कसो गरुला भन्ने अनगिन्ती योजनाहरु मन मस्तिष्कमा आउदछ्न l अनि दंग पर्दै जे कुरामा पनि हास्न मन लाग्ने हुन्छ l अनि बत्तीस दाँत देखाएर नहासौ भन्दा पनि स्वत हासीन्छ l

दोश्रो ,अमेरिका आई पुग्दा : अवसरको भुमि अमेरिकामा पाउ टेक्ने बित्तिकै अत्यन्तै हर्ष लाग्छ l मन भित्रबाट खुसीले रमाएको हुन्छ l जे देखे पनि मन सकारात्मक हुन्छ l विदेश ,त्यसमा पनि अमेरिका आईयो भन्दै गदगद हुइञ्छ l आफन्त भेट्दा झन् मन कति हो कति खुसि हुन्छ l बिमान स्थल मा टेक्ना साथ भगवान पुगे भनि सम्झना गरिन्छ l अनुहार चहक हुन्छ l झोक्राएर आएको छ भने अनि अमेरिकामा प्रथम पटक जमिनमा खुट्टा टेक्दा निकै चरम आनन्द आउछ l ईश्वर तिमीले ल्याई देउ भनी पटक पटक संस्मरण गरिन्छ l मुसु मुसु हास्न मन लाग्छ l सोचेको भन्दा देश अति राम्रो लागेकोले निन्द्रा पनि कुम्भकर्ण जस्तै लाग्छ l

तेश्रो ,जागिर पाउदा : हामी अमेरिका कमाउन आएकोले कमाउने भए पछि दंगको सिमा नै हुदैन l किनभने नेपाल बाट काम गरेका र जीवनमा कहिले काम नगरेकाले पनि अमेरिकामा काम पाउने हुनाले दुवै पुरुष तथा महिलाको मन फुरुंग हुन्छ l के के नै गरे जस्तो पनि अनुभूति हुन्छ l ठुलो काम गरे जस्तो पनि लाग्छ l डलरको चस्का परे पछि प्रफुल्लित हुने गरिन्छ l डलर हप्ता र पन्ध्र दिनमा आए पछि एक प्रकारको उत्साह हुन्छ l अब भोकै मरिदैन र केहि गरिएला जस्तो भान हुन्छ l परिवारको मुख्य मान्छेले कमाउने भएता पनि परिवार ले नै काम गर्ने भए पछि त्यो भन्दा खुशीको कुरा केहि हुदैन l यसरि एक पछि अर्को गरि राम्रो बन्दै जाँदा झन् खुसि नै खुशी लाग्दछ l

चौथो ,स्थाई आवासीय पत्र तथा सामाजिक सुरक्षा पत्र : अमेरिका आए पछि सबै भन्दा महत्वपूर्ण कुरा भनेको स्थाई आवासीय पत्र ( ग्रिन कार्ड)तथा सामाजिक सुरक्षा पत्र (सोसल सेकुरिटी कार्ड )को हुन्छ l यो भएन भने हात बाधिन्छ l काम गर्न नै पाइदैन l अमेरिका आएर समय अवधि भन्दा ज्यादा बसे गैर कानुनी हुन्छ l तसर्थ यी चिज हरु कसै गरि प्राप्त गर्न हरेक जुक्ति लगाएर प्राप्त गरे पछि जीवन को सबै भन्दा ठुलो कुरा हुन्छ l यी प्राप्त भए पछि अमेरिकाको माटोमा रमाएर बस्न पाइने हुन्छ l भीमकाय काम भएकोले हर्सोल्लास छाउछ l दंग परिन्छ l खुलेर हासिन्छ l

पाचौ ,नागरिकता : अमेरिका आउने अधिकांसले नागरिकता लिने कोसिस गर्छन l न्युनतमले हरियो पत्र मात्र लिने गर्छन l स्थाई आवासीय पत्र प्राप्त गरेको ५ बर्ष पछि अमेरिकाको नागरिकता पाउने हुन्छ l नागरिकता पाए पछि त्यो भन्दा ठुलो दिन केहि हुदैन l मानिस मक्ख पर्छन l अत्यधिक हर्ष लाग्छ l मुसु मुसु र खित्का छोडेर हास्न मन लाग्छ l जीवनको अन्तिम लक्ष्य प्राप्त भएकोमा अनुहारको रंग नै बदलिन्छ l

छैठौ ,घर किन्दा : नेपाल छोडेर सदा को लागि अमेरिका आएकाले घर किन्ने दाउमा हुन्छन l नेपालमा भएको घर बेच्ने र यहाँ लगानी गर्ने प्रचलन भएकोले उता सुकुम्बासी अवस्था पनि रहेकोले यहाँ थपथाप गरि घर किन्ने र जोड्ने भए पछि मानिस अत्यधिक खुसि देखिन्छन l नेपालमा घर भएता पनि यता सम्पत्ति जोडिने भएकोले मानिसको मुहारमा बेग्लै चहक आउछ l प्रफुल्ल हुनु मामुली कुरा हुन्छ l घर किने पछि आनन्द लाग्दछ l मख्ख परिन्छ l बत्तीस दन्त देखाउदै हासिन्छ र दंग हुइञ्छ l

सातौ ,सवारी अनुमति चालक अनुमति पत्र :

अमेरिकामा पैसा खुवाएर सवारी अनुमति चालक अनुमति पत्र पाईदैन l यसो गरेमा कारागार गइन्छ l गाडी हाक्न नेपाल भएता सरला भएता पनि ज्यादै गाडीको चाप भएकोले सवारी साधन चलाउनु भन्दा चालक अनुमति पत्र लिनु अत्यधिक ठुलो कुरा ठानिन्छ l नजानी चालक पत्र पाईदैन l कुदाउनै पर्छ र परिक्षा उत्रिन हुने पर्छ l लिखित परिक्षा र सडक परीक्षामा उत्रीण भए पछि युद्ध जिते जस्तै हुन्छ l त्यो भन्दा खुसिको ठुलो दिन अरु कुनै हुदैन l जति खेर पनि हास्न मन लाग्छ l ठुलो अड्को र तगारो पार लागे पछि मानिस दंग र फुरुंग हुन्छ l

यसरि अमेरिकामा बसोबास गर्ने नेपाली जीवनमा सात पटक बत्तीस दन्त देखाउदै दंग हुन्छन l यसको अनुभूति स्वयम् लेखक पनि रहेको छ l तर यतिमा मात्र दंग र बत्तीस दाँत देखाई हास्ने मात्र हैन अन्य उपलब्धिमा पनि खित्का छोडेर हास्ने गर्छन l तर यी ७ वटा निकै महत्वपूर्ण रहेका छन् l

प्रतिक्रिया