मंगलबार, असोज १२ २०७८
काठमाडौं ०६:३९
वासिङटन डिसी 20:54

जनताको आकाङ्क्षामा पार्टी एकता

इनेप्लिज २०७३ असार २७ गते १२:३९ मा प्रकाशित

isकाठमाडौँ, २७ असार । उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपासँगको एकीकरण वर्तमानको आवश्यकता, कार्यकर्ताको चाहना र जनताको आकाङ्क्षा भएको बताउनुभएको छ ।

दुई पार्टी एकीकरणका सन्दर्भमा गठन गरिएको वार्ता टोलीले तयार पारेको नीति तथा आधारपत्र आज ग्रहण गर्दै उहाँले भन्नुभयो, “पार्टी एकीकरण देशमा बलियो राष्ट्रवादी प्रजातन्त्र शक्ति बनाउने अभियानको एउटा कडी हो ।” सकारात्मक दृष्टिकोणका साथ सबै समस्यालाई हटाएर छिटो एकीकरण गर्न आफ्नातर्फबाट कुनै कसुर बाँकी नराख्ने बताउँदै अध्यक्ष थापाले यो क्षणलाई आफूले ऐतिहासिक र महत्वपूर्ण उपलब्धिका रुपमा लिएको टिप्पणी गर्नुभयो ।

राप्रपाका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुकमा शून्यता छाएका बेला ठूलो जिम्मेवारी बहन गर्न नियतिले आफूहरुलाई एक ठाउँमा उभ्याउन पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा अहिले शून्यता छ, जनताले भरोसा गर्ने शक्ति कोही पाइरहेका छैन्, त्यो ठाउँ अब हामीले लिनुपर्ने अवस्था छ ।”

वरिष्ठ नेता पशुपति शम्शेर राणाले परम्परागत शक्ति एकताबद्ध हँुदै मुलुकमा वैकल्पिक शक्तिका रुपमा विकास गरेर स्थानीय निर्वाचनमै परिणाम देखाउने ढङ्गबाट काम गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । समारोहमा दुवै पार्टीका वार्ता टोलीका संयोजकद्वय बुद्धिमान तामाङ र राजीव पराजुलीले दुवै राप्रपाबीचको एकीकरणले लाखौँलाख नेपाली जनतामा खुसीको सञ्चार फैलने विश्वास व्यक्त गर्नुभयो ।

दुवै पार्टी आगामी साउनको दोस्रो साताभित्रै एकीकरणको घोषणाको तयारीमा रहेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया