आइतबार, असोज ३१ २०७८
काठमाडौं ००:०८
वासिङटन डिसी 14:23

गगनसिंह थापाको तेस्रो कृति पूर्खाको चिठी उपन्यास टीकापुरमा चर्चा

इनेप्लिज २०७३ असार २६ गते १९:५० मा प्रकाशित
hikmat 5
टीकापुर, २६ असार आख्यानकार गगनसिंह थापाको तेस्रो कृति पूर्खाको चिठी उपन्यासमाथि आज टीकापुरमा चर्चा र विश्लेषण गरिएको छ l टीकापुरस्थित देवकोटा साहित्य कला परिवारको आयोजनामा थापाको उपान्यास पूर्खाको चिठीमाथि चर्चा गरिएको हो ।
उपन्यासमाथि चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराईले खोजमूलक नयाँ कृतिले नेपाली साहित्यमा नयाँ आयाम थपेको बताउनु भयो । उपान्यासमाथि समीक्षा गर्दै फणिन्द्रराज रेग्मीले उपन्यासले इतिहासको अलिखित पाटोलाई उजागर गरेको भन्दै चर्चा गर्नुभयो । राणा शासनताका अछामी जनतामाथि भएको दमन इतिहासमा कतै नभएको भन्दै रेग्मीले अछामको पीडालाई मर्मस्पर्शी ढंगले उठान गरेको बताउनु भयो ।

hikmat 7उपन्यासभित्र मानवतावादी विचार प्रधान भएको उल्लेख गर्दै रेग्मीले नेपाल एकीकरणका अभियन्ता रणबहादुर शाह इतिहासमा खलनायकका रुपमा प्रस्तुत गर्दै लेखकले जिकिर गरेको बताउनु भयो । उपन्यासमाथि चर्चा गर्दै खगेन्द्रराज उपाध्यायले नलेखिएको अछामी रगतको इतिहासका रुपमा पुस्तक प्रकाशन भएकोमा लेखकलाई धन्यवाद दिनुभयो ।

देवकोटा साहित्य कला परिवारका कार्यवाहक अध्यक्ष बलबहादुर रावलको सभापतित्वमा भएको कार्यक्रममा लेखक गगनसिंह थापा, टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष धनञ्जय तिमिल्सेना, प्रकाशक हिक्मत थापा लगायतले बोल्नु भएको थियो ।

hikmat 1 hikmat 4 hikmat 3

प्रतिक्रिया