‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई मुम्बईमा अवार्ड

इनेप्लिज २०७३ असार २६ गते १३:२० मा प्रकाशित

IMG_2330

मुम्बई, २६ असार
चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले ‘गोल्डेन क्यामरा अवार्ड’ सम्मान पाएका छन् ।
शनिबार भारतको मुम्बईमा आयोजित विशेष समारोहमा पाण्डेलाई नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका तर्फबाट गोल्डेन क्यामरा अवार्ड– २०१६ बाट सम्मान गरिएको हो । गत फागुनमा नाशिक सहरमा भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डे निर्देशित ‘भाग्यले बाँचेकाहरु’ले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको थियो । अवार्ड बुझ्दै पाण्डेले भारतमा पाएको सम्मानबाट आफू गौरवान्वित भएको बताए । साथै, निर्देशक पाण्डेले सिंगमसहित सयौँ बलिउड फिल्ममा अभिनय गरेका गोविन्द नामदेव लगायतलाई अवार्ड समेत प्रदान गरेका थिए ।

IMG_2056

नाशिक चलचित्र महोत्सवका कार्यकारी निर्देशक मुकेश कनेरीले आगामी दिनमा नेपाली चलचित्रलाई प्राथमिकता दिने बताए । समारोहमा भारतसहित बेलायत, इरानका चलचित्रकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।

नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले बितेको सात महिनामा ६ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । साथै, ३२ वटा भन्दा बढी देशमा प्रदर्शनका लागि छनौट भएको छ । ‘आगामी महिना स्वीजरल्याण्ड र इट्लीमा हुने चलचित्र महोत्सवमा भाग्यले बाँचेकाहरु प्रदर्शन हुँदैछ ।’– निर्देशक पाण्डेले भने ।

IMG_2233

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस वृत्तचित्रको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । बृत्तचित्रको सम्राट मुभीजले पोष्टप्रोडक्सन गरेको हो ।

IMG_2237 IMG_2254 IMG_2290 IMG_2374

प्रतिक्रिया