छात्रछात्रालाई साइकल वितरण

इनेप्लिज २०७३ असार २६ गते ६:०७ मा प्रकाशित

सप्तरी, २६ असार । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद रमणीदेवी रामले यहाँका २६ जना छात्रछात्रालाई साइकल तथा ब्याग वितरण गर्नुभएको छ ।

सप्तरीको भारदहस्थित बिपी माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार आयोजित एक कार्यक्रममा देवनारायण मुखिया र कङ्कालिनी मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले संयुक्त रुपमा छात्रछात्रालाई ती साइकल हस्तान्तरण गर्नुभएको हो ।

संसदीय विकास कोषबाट सांसद रामले विभिन्न नौ वटा विद्यालयका छात्रछात्रालाई २६ थान साइकल वितरण गरिएको बताइएको छ

प्रतिक्रिया