राजविराज, २६ असार । सप्तरीको कञ्चनपुर नगरपालिका–१० स्थित लक्ष्मणपट्टिमा गएराति आगलागी हुँदा रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीय मङ्गल चौधरीको गाईगोठबाट अचानक सल्केको आगोले निजका तीन घर र छिमेकी राजेन्द्र चौधरीको तीन घर गरी छ वटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी भएको हो । आगलागीबाट खाद्यान्न लत्ताकपडा भाँडावर्तन र नगद जिन्सी गरी रु १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो ।
आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया