अमेरिकाका ९ वटा चालचलनलाई विश्वले किन असभ्य मान्दछ ?

इनेप्लिज २०७३ असार २५ गते २१:४६ मा प्रकाशित

bijay 2

विश्वका हरेक देशका आ-आफ्ना चाल चलन हुन्छन l त्यसमा पनि मानव चालचलन पृथक पृथक हुन्छन l हरेक देशमा आफ्ना छुट्टै मानव ब्यबहार भएता पनि त्यो देशमा त्यो देशका नागरिकले सहर्ष स्वीकार गर्ने प्रचंलन पनि हुन्छ l तर त्यो देश बाहेक अन्य देशमा त्यस्ता चालचलन अन्य देशमा अशिष्ट पनि मानिन्छन l त्यस्ता चालचलनलाई अर्को देशले स्वीकार गर्दैंन पनि l

प्रसंग अमेरिकाको हो l विश्व कै सबै भन्दा ज्यादा धनि र अन्य कुरामा अगाडी भएता पनि अमेरिकाका करिब ९ वटा चालचलन अन्य देशका नागरिकलाई असभ्य पनि लाग्ने गर्दछ l हामी पनि अज्ञानताको कारण यस्ता आचरण बाट गुज्री रहेका त छैनौ ? अमेरिकाका त्यी ९ वटा आचरण आखिर विश्वले किन असभ्य मान्दछ ?

बख्शीश :

अमेरिकामा बिसेष गरि चमेना गृह तथा भोजनालयमा खाए अमेरिकामा झन्डै २० प्रतिसत बख्शीश दिने प्रचलन हुन्छ l नेपालमा १० प्रतिसत बिजक मै जोडेर ल्याएका हुन्छ l तर जापानमा बख्शीश भन्ने कुरा अलिक फरक हुन्छ र बख्शीश अनिवार्यता भन्ने हुदैन l जापानमा बख्शीश सामान्य अभ्यास छैन र बख्शीशलाई शिष्ट भाषामा फर्काइने पनि चलन हुन्छ l

जापानमा बख्शीश भन्ने शब्द निकै कम प्रयोगमा ल्याईन्छ तर अमेरिकामा त्यो दिएन भने असभ्य ठानिन्छ l अमेरिकामा २० प्रतिसत नदिएता पनि नदिने ग्राहक कम हुन्छन l

सुसेल्नु :

अमेरिकामा अधिकांश युवा युवतीहरु सुसेल्ने गर्छन l नेपालको मेलापात ,गाउँ घरमा महिला तथा पुरुष दुवैले सुसेल्ने गर्छन l तर हैटीमा आफु भन्दा बुज्रुक र वरिष्ट संग उभिएर आँखा जुधाएर सुसुलने गरे निकै असभ्य ठानिन्छ l

खुला मुख लाएर हास्नु :

अमेरिकाहरु मुख खोलेर ३२ वटा दाँत देखाएर हास्ने पनि गर्छन l हामी पनि नेपालमा यसरि नै हास्छौ l अमेरिकामा अफ्रिकन अमेरिका(अस्वेत ) स्त्री या पुरुष यस्तो हास्नमा उस्ताद हुन्छन l तर जापानमा यसरि हासी दिदा घोडाको आवाज जस्तै भनि नामाकरण गर्दै यस्तो संग हासेको पुरुष या महिलालाई असभ्य तथा अभद्र पनि भन्ने गरिन्छ l यस्तै गरि अमेरिकामा आवाज निकालेर खोक्नु र खादा मुख खोलेर खाने छ भने असभ्य ठानिन्छ l

समयमा पालना नगरे मुखमै घडी देखाउने :

अमेरिकामा ठिक समयमा सुरु गर्ने चलन हुन्छ l समयको पालनमा सम्झौता गरिदैन l निर्धारित गरिएको ठिक समयमा कार्यक्रम ,भोज या जमघट गरिन्छ l तर कहिँ ढिलो भए भने घडी हेर्ने र देखाउने पनि प्रचलन हुन्छ l ध्यानाकर्षण गराउन त्यस्तो ब्यबहार पनि गरिन्छ l तर अर्जेन्टिनाका निवासीहरुलाई उदाहरण स्वरुप रात्री भोजमा यसरि अगाडी गएर नाक नजिक गएर भने असभ्य ब्यबहार ठानिन्छ l

मुखावरण (मास्क) :

नेपालमा बिशेष गरि काठमाडौँमा ज्यादै प्रदुषण भएकोले मुखावरण (मास्क) लाउने चलन छ l त्यो लगाएन भने मानिस सिकिस्त पर्छ l नेपालमा जताततै बेच बिखन गर्न राखिएको पनि हुन्छ l अमेरिकामा बाहिर त्यति लगाउने चलन हुदैन l सडक र अन्य काम मर्मत अन्य बिबिध क्षेत्रमा लगाउने चलन पनि छ l

तर जापानमा मुखावरण लगाउदा बिबिध कुराको अर्थ पनि लगाउने गर्दो रहेछ l जीवाणु र किटाणु बाट सुरक्षित राख्न ,या आफुलाई न्यानोपन राख्न या भावनात्मक प्रतिक्रियाहरु लुकाउन भन्ने अर्थ पनि लगाइने भनि ब्याख्या गरेको छ l

उपहारलाई उपहार दिनेको अगाडी नै खोल्ने :

अमेरिकामा कसैले उपहार दिएको छ भने कोशेली दिनेको अगाडी खोलिन्छ l राम्रो या नराम्रो भएता पनि सकारात्मक रुपमा स्वीकार गर्ने गरिन्छ l मुखमा भन्ने चलन पनि हुन्छ l प्रतिक्रिया दिने पनि गरिन्छ l तर उदाहरणको लागि नेपाल ,भारत र चीनमा उपहारहरु दिने बित्तिकै खोलिने चलन हुदैन l उपहार बाकस का सजावट गरिएको रंगी बिरंगी कागजलाई च्यातेर हेर्ने चलन हुदैन किनभने यस्तो गरेमा अलिक भद्दा तथा नीच रुपमा लिने गरिन्छ l

देब्रे हातको अत्यधिक प्रयोग :

अमेरिकामा प्राय दाहिने हातले हात मिलाइने गरिन्छ l अमेरिकामा उपहार तथा पुरस्कार पनि देब्रे हातले दिंदा त्यस्तो असभ्य र अशिष्ट मानिदैन l तर अन्य धेरै देशमा देब्रे हातको ज्यादा प्रयोग गर्दा असभ्य र नराम्रो ठान्ने पनि गरिन्छ l नेपालमा पनि केहि दिनु परेमा देब्रे हाते छ भने अलग कुरा हुन्छ तर देब्रे हातले दिदा हेपेको र गलत अर्थ र हेपेको जस्तो पनि ठानिन्छ l र देब्रे हात भनेको सौचालयको प्रयोगको लागि र सफा सुग्घरको लागि बनाइएको हो भन्ने पनि ठानिन्छ l अधिकांश देशमा शिष्टचारको हिसाबले दाहिने हातको ज्यादा प्रयोग गरिन्छ l

सार्बजनिक स्थलमा नाक बजाउनु :

अमेरीकामा सार्बजनिक स्थलमा पनि रुघा लागेको छ या अन्य सामान्य अवस्थामा कागज छोपेर आवाज निकालेर नाक बजाउन (नोज ब्लोइङ्ग )गर्ने लाई स्वीकार गरिन्छ l यसरी आवाज निकालेर गर्ने चलन पनि छ l कैयौ देशमा यस्तो गरे असभ्य र गवार ठानिन्छ l यस्तो अवस्था भएमा स्नान गृह या सौचालयमा गएर गर्ने भन्ने गरिन्छ l

कुराकानी गर्दा हात गोजीमा :

धेरै देशमा कुराकानी गर्दा एक हात या दुवै हात गोजीमा राखेर कुराकानी गर्ने गरिन्छ l गोजी भित्र हात राखेर कुराकानी गर्दा असभ्य,अशिष्ट ,गवार ,पाखे आदि ईत्यादीको टाचा लगाईदैन l साथीभाईमा यस्तो चल्न सक्छ तर आफु भन्दा मान्ने र वरिष्टको अगाडी यस्तो गरे अनादर गरेको र हेपेको पनि ठानिन्छ l अमेरिकामा यस्तो गर्दा कुनै गलत अर्थ लगाईदैन l

तर विश्व कै धनि बिल गेट्सले एक पटक दक्षिण कोरियाका राष्ट्रपतिलाई देब्रे हातले हस्त मिलाप् गर्दा संचार माध्यमले निकै खिल्ली उडाएका थिए l उनको अर्को दाहिने हात गोजीमा थियो l अधिकांस देशमा दाहिने हात बढाउने र हात मिलाउने प्रचलन र संस्कृति छ l

प्रतिक्रिया