शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०१:४९
वासिङटन डिसी 16:04

माओवादीले सरकार तत्काल नछाड्ने

इनेप्लिज २०७३ असार २३ गते १४:०९ मा प्रकाशित

mao-meeting-650x388काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय राजनीतिक सहमति वा सहमतिको सरकार जरुरी रहेको निष्कर्ष निकाल्दै त्यसका लागि पार्टीले पहल कदमी लिने निर्णय गरेको छ ।

काठमाडौंको कोटेश्वरस्थित पार्टी मुख्यालयमा बिहीबार सम्पन्न पोलिट ब्यूरो बैठकले आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय सहमति वा सहमतिको सरकार बनाउने निणर्य गरेको हो । नेकपा (एमाले)सित विगतमा भएका सरकारसम्बन्धी सहमति र समझदारीलाई कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न छलफल गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।

‘शान्ति प्रक्रियासम्बन्धी विषय, पुनर्निमाण, आन्दोलनरत मधेसी, थारु र जनजाति जनताका सकारात्मक माग सम्बोधन गर्न र विभिन्न तहका निर्वाचन सम्पन्न गर्न राष्ट्रिय राजनीतिक सहमति र सहमतिको सरकार जरुरी भएको निष्कर्षमा पार्टी पुगेको तथा त्यसको पहलकदमी पार्टीले लिने निर्णय गरियो’, बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रको यो निर्णयसँगै केपी ओली नेतृत्वको सरकारलाई केही राहत मिलेको छ । माओवादी केन्द्र एककदम पछाडि हटेको छ ।

माओवादी केन्द्रले संगठन र निर्वाचन प्रणालीबारे कार्यदलले दिएको कार्यविधिको छलफलमा आएका सुझावलाई केन्द्रीय कार्यालयले परिर्माजन गर्दै आगामी भदौ २ गते बस्ने केन्द्रीय आयोजक समितिको बैठकले पारित गरी कार्यान्वयनमा जाने निर्णय गरेको छ ।

पार्टी, मोर्चा र जबसको तल्लो तहसम्मको एकता प्रक्रिया साउन महिनाभरिमा पूरा गर्ने निर्णय गरेको माओवादी केन्द्रले पार्टी सदस्यता नवीकरण, अभिलेखिकरण भदौ महिनामा भरमा गर्ने, वडा, गाउँ र नगरपालिकाको सम्मेलन असोज महिनाभरमा सम्पन्न गर्ने तथा जिल्ला सम्मेलन कात्तिक महिनामा सम्पन्न गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले प्रदेश सम्मेलन मंसिर महिनाभरिमा सम्पन्न गर्ने जनाएको छ ।

आगामी महाधिवेशन पुस २३ गतेदेखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको माओवादीले महाधिवेशनमा लाग्ने निर्णय गरेको छ ।

– See more at: http://www.dainiknepal.com/2016/07/166431.html#sthash.Petku0RS.dpuf

प्रतिक्रिया