आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०२:५९
वासिङटन डिसी 17:14

पोर्चुगले वेल्सलाई २–०को अन्तरले हराउदै युरोकपको फाईनलमा प्रवेश

इनेप्लिज २०७३ असार २२ गते २२:०२ मा प्रकाशित
gb
लण्डन,असार २३, २०७३ ।  फ्रान्समा जारी युरोकप फुटवल प्रतियोगिताको सेमिफाइनल खेलमा वेल्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । बुधबार साँझ सम्पन्न खेलमा ४९ औं मिनेटमा पोर्चुगलका जर्सि नम्वर ७ क्रिस्टियानो रोनाल्डाले पहिलो गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रवाफिलो प्रतिस्पर्धाको ५२ औं मिनेटमा पोर्चुगलका नानीले दोस्रो गोल गरेका थिए  ।
वेल्सका लागि यो ५० वर्षयता कुनै ठूलो प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो बेलायती टिम हुने अवसर टुङ्गीएको छ । उक्त सेमिफाइनल खेलमा भएको भिडन्तमा विश्व फुटबलका दुई महँगा खेलाडीको सबैभन्दा ठूलो विशेषता  रहेको थियो, । लियोनमा प्रतिस्पर्धा भएको खेलमा स्टार क्लब रियल म्याड्रिडका दुई खेलाडि बीचको समीकरणले पनि खेललाई थप रोमाञ्चक बनाएको थियो । वेल्सका गारेथ बेलले इतिहासमै पहिलो पटक युरोकपको फाइनलमा पु¥याउने सोच राखेका थिए भने पोर्चुगलका रोनाल्डोले आफु ३१ बर्षको उमेरमा पोर्चुगललाई अन्तराष्ट्रिय उपाधि जिताउने प्रतिज्ञा गरेका थिए । खेललाई दुई खेलाडीमा मात्र सीमित राख्न इच्छुक नभए पनि दुइ राष्ट्र बीचको भिडन्त रहेको थियो ।
r8 bel

प्रतिक्रिया