शनिबार, असोज ३० २०७८
काठमाडौं २३:२६
वासिङटन डिसी 13:41

जिवन मरणको अन्तिम लडाई लडिरहेकी देविका राइको जिन्दगि बचाउन आव्हवान

इनेप्लिज २०७३ असार २२ गते २१:५१ मा प्रकाशित
Devima-rai
लसएन्जलस, २२ असार । जिवन मरणको अन्तिम लडाई लडिरहेकी नेपाली छोरी देविका राइ आर्थिक अभावका कारण थप उपचार खोजिरहेकी छिन थप जिन्दगि जिउने अभिलाषा बोकेर । उनको स्वास्थ्य स्थिति जानकारी राख्ने डाक्टरको भनाइ अनुसार जिवन र मरणको दोसाँधमा पुगेकी छन् देविका । डाक्टरले दिएको पछिल्लो रिपोर्ट अनुसार हाईपोसिक ब्रेन इन्जुरी, बेड शोर, एसपिरेशन निमोनिया, इन्ट्रायूटेरिन फ्याटल डेथले थला परेकी राईलाई यकिन गरेर यो नै रोग लागेको भन्ने अहिले सम्म पत्ता लागेको छैन ।
उनि निकटको भनाइ छ, ‘तीन छोरीकी आमा राई गत पौष ११ गते अचानक बेहोस भईन जुनबेला उनी गर्भवती थिइन् । लगत्तै उनलाई उपचार्थ काठमाडौं ल्याइयो । उनले गत पौष १३ गते काठमाडौंको नोबेल अस्पतालमा मृत बच्चा जन्माइन र त्यहि बेला देखि उनले कोमामा करिब ५ महिना बिताइन र अहिले उनको होस खुलेको छ । महिनौको अस्पताल बसाईले उनको सबै सम्पति सकिसकेको छ । राईको परिवारले अब उनको थप उपचार गर्ने अवस्थामा छैन । विगत ६ महिनादेखि काठमाडौंको नोबेल अस्पताल र केएमसीमा उपचार गराइरहेको राइको उपचार खर्च सकिएको छ । जसका कारण जीवन र मरणको दोसाँधमा पुगेकी छन ।
उनको उपचार्थ उनको श्रीमानले व्यक्तिगत रूपमा झण्डै १० वर्षको वैदेशिक रोजगारबाट कमाएको सम्पत्ति र साथीभाई इष्टमित्रसंगको सरसापटि गरि करिब १७ लाख बढि खर्च गरिसकेका छन् । राइको थप उपचार गर्नका लागि पैसा अभाव भएको कारण राइ जिवन बचाइ दिनका लागि उनका श्रीमान प्रेमकुमार राइले सहयोगी हातहरुसंग सहयोगको लागि अनुरोध गरेका छन् । यतिबेला देविकाको जिन्दगी बचाउन सहयोगी हातहरुको खाँचो छ र उनको उपचारमा लसएन्जलस निवासी निरकाजी गुरुङ आव्ह्वान गर्छन तपाइको सानो सहयोगले उनको जिन्दगि बचाउन सकिन्छ भने किन सहयोग नगर्ने । तपाईं बैंक मार्फत सहयोग गर्न चाहनु हुन्छ भने नेपालको राष्ट्रिय वाणिज्य बैंक मार्फत पनि सहयोग गरन सक्नु हुन्छ:

खाता नम्बर १३४००३६१५७१०

वा लसएन्जलस निवासी निरकाजी गुरुंगको पहलमा अमेरिकामा सहयोगी हातहरुको संयोजन गरिएको छ । उहाँ मार्फत पनि सहयोग गर्न सकिन्छ ।
अमेरिकामा रहेकाहरुले सहयोग गर्न चाहेमा निर काजि गुरुङलाई सम्पर्क गर्ने नम्बर: ६६१ ६४५ ०६४५
नेपालमा सिधै सम्पर्क गर्ने नम्बर:९८५१०-२२०३७ इमेल:[email protected]

प्रतिक्रिया