न्युयोर्कमा नेपाली चलचित्र कालो पोथी जुलाई १० मा प्रदर्शन हुने

इनेप्लिज २०७३ असार २२ गते २०:२३ मा प्रकाशित

newyork

नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुको मन जित्न सफल चलचित्र कालो पोथी आगामी जुलाई १० तारिख न्युयोर्क प्रदर्शनीमा आउने भएको छ l गत वर्ष भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स विक तर्फ उत्कृष्ट चलचित्र घोषित भएको ‘कालो पोथी’ मीनबहादुर भाम द्वारा निर्देशित चलचित्र निकै चर्चा परिचर्चामा रहेको छ l

माओवादी जनयुद्धले मुगुका स्थानीयले भोगेको पिडा चलचित्रको मुख्य बिषय रहेको छ । साढे तिन करोड लागतमा निर्माण गरिएको चलचित्र कालो पोथीमा स्थानीय खड्कराज नेपाली (प्रकाश)र शुक्रराज रोकाया (किरण ) को मुख्य अभिनय रहेको छ । झन्डै डेढ घन्टा लामो चलचित्र निर्देशक मीनबहादुरले यस अघि बनाएको लघु चलचित्र ‘बाँसुल्ली’ ले पनि अन्तर्राष्ट्रिय महोत्सवमा प्रशंसा बटुलेको थियो ।

न्यु योर्कमा जुलाई १० तारिखका दिन एकै दिनमा दुई पटक १ बजे र ३ बजे प्रदर्शनी जानकारी आयोजक शैलेश श्रेष्ठले दिएका छन् l

कालो पोथी’ को अनलाईन टिकट खरिद गर्नलाई तल थिच्नु होला

‘कालो पोथी’
बास्ने दिन : आईतबार जुलाई १०, २०१६
खोर : गुल्सन टेरेस (पुरानो ढाका क्लव)
दाम : २० डलर
घडी पला : विहान ११ वा दिनको १ वा अपरान्हको ३ बजे ,शनिबार ,२०१६

http://yuvafilms.net/events/detail?id=5

 

प्रतिक्रिया