उडिरहेको विमानमा आगलागी (हेर्नुस् भिडियो)

इनेप्लिज २०७३ असार २२ गते २:१७ मा प्रकाशित

ल चुहिएको संकेत पाएपछि आपतकालिन अवतरण गर्ने क्रममा एक विमानमा आगलागी भएको छ । सिंगापुर एयरलायन्सको उक्त विमानमा आगलागी भएको प्रत्यक्ष भिडियो पनि सार्वजनिक भएको छ ।

सोमबार चाङ्गी विमानस्थलबाट मिलानका लाग उडेको बोइङ ७७७०–३०० इआर विमानको इन्जिनबाट तेल चुहिएको थाहा भएपछि आपतकालीन अवतरण गर्ने क्रममा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उडेको दुई घण्टापछि जहाजको इन्जिनबाट तेल चुहावट भएको संकेत पाएपछि पाइलटले डाइभर्ट गरी आकस्मिक अवतरणको प्रयास गर्दा स्थानीय समयअनुसार ६ः५० मा दाहिने इन्जिनबाट आगोको मुस्लो निस्किएको थियो ।

चालक दलले पहिले नै खतराको संकेत गरेका कारण विमानस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली तैनाथ थियो । तत्काल यात्रु तथा चालक दललाई उद्धार गरिएको थियो ।

विमानमा रहेका २२२ जना यात्रु र १९ जना चालक दलका सदस्य सकुशल रहेका सिंगापुर एयरलाइन्सले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=LeFzqiWIxtE

प्रतिक्रिया