अब त उ आफैं तैरिन्छ, स्वछन्द भएर, आफैं रमाएर अनि स्वतन्त्र भएर

इनेप्लिज २०७३ असार २१ गते १९:१८ मा प्रकाशित

subhas

अमेरिकी संसार वास्तवमै अचम्मको छ | यहाँ परिवारको धारणा नै छैन | सबै आफ्नो दुनियामा मस्त | बाउ आमा र छोरा छोरीको बिचमा भर्नै नसकिने दुरी | अझ नेपालीमुलका अमेरिकी परिवारमा त यो दुरी झनै विशाल छ | यो दुरीको कारक त मैले पुरानो पुस्ता अर्थात् बाउ आमा लाई नै देखें, जो न अमेरिकीनै बन्न सकेका छन् , न नेपालीनै रहेका छन् | बेग्लै संसार अनि बेग्लै परिवेशमा हुर्केका उनीहरुका सन्तानलाई उनीहरुले चिनेकै छैनन् | छोरा छोरी आफ्नै दुनियामा मस्त बाउ आमा आफ्नै दुनियामा मगन | ति छोरा छोरीको भावनालाइ बुझ्नै सकेका छैनन् बाउ आमाले |

अनेक खाले भौतिक सुबिधा छ अमेरिकामा | तेही सुविधालाई पुराना पुस्ताले पुरानै तरिकाले उपभोग गरि रहेका छन् , नया पुस्ताले नया तरिकाले | हुन त अलि अघिकै प्रबिधि को क्यरिओके जसमा संगीतको धुनमा आफैं गाना गाउन सकिन्छ | यो प्रबिधि दुवै पुस्तामा एकदमै लोकप्रिय छ | तर पुराना पुस्ताले गाना गाउँदा नया पुस्ता उनीहरु संग बस्दैन, नया पुस्ताले गाना गाउँदा पुराना पुस्ता उनीहरु संग बस्दैन | दोष पुरानै पुस्ताको हो उ अहिले पनि त्यहि बहारो फुल बर्साओ मेरा महबुब आय है , सौ साल पहिले हमे तुम्से प्यार था गाएर रमाउँछ | अब one direction , Justin beber , selena , आस्था राउत सुन्ने नया पुस्ता कहाँ त्यो बहारो फुल बर्साओ मेरा महबुब आय है सुनेर बस्छ र |

अझ छोरा छोरी गाउन थाले भने बाउ आमालाइ नगाइ हुँदै नहुने अनि बाउ आमा धुनमा मग्न, छोरा छोरी एक्लै कोठामा | कति राम्रो हुन्थो यदि सबै संगै बसेर गाउँथे भने अलिकति नया अलिकति पुराना गीतहरु, केहि नेपाली, केहि अंग्रेजी गितहरु | गाना गाउनु त एउटा बाहाना मात्र हुन्थो, परिवार बिच माया साटिन्थो, दु :ख, सुख बाडिन्थो अनि सम्बन्ध गासिन्थो | यो त एउटा उदाहरण मात्र हो येस्ता अवसर त कत्ति छन् कत्ति | अझ छोरा छोरीले फरर्र अंग्रेजी बोल्दा मक्ख परेर आफुपनि उनीहरु संग अंग्रेजीमै कुरा गर्छन
अनि अरुका बच्चाहरुले नेपालीमा कुरा गरेको देख्दा आफ्ना बच्चाहरुपनि तेस्तै भए हुने नी भन्छन | दोष त आफ्नै हो तर बुझ्दैनन | अधिकांस नेपालीमुलका अमेरिकी परिवारको व्यथा नै यहि छ | तर दोष त आफ्नै हो | अब पछुताएर क गर्नु माछा फुत्किसकेपछि पानीमा |

अब त उ आफैं तैरिन्छ, स्वछन्द भएर, आफैं रमाएर अनि स्वतन्त्र भएर ||||||अब त उ आफैं तैरिन्छ, स्वछन्द भएर, आफैं रमाएर अनि स्वतन्त्र भएर

प्रतिक्रिया