अमेरिका, एटलान्टा ३ जुलाई / जुलाई १-४ सम्म जर्जिया राज्यको एटलान्टा सञ्चालन भइरहेको सम्मेलनको क्रममा आज भएको मिस र मिस्टर नेपाल प्रतियोगितामा क्रमशः प्रतिस्ना थापा र आशिष् श्रेष्ठले जित्न सफल भएका छन् । आशिष् श्रेष्ठ,अभिषेक श्रेष्ठ, अलिना नेउपाने,जेनिशा चन्द, निदार्शाना, निरज कर्माचार्य,प्रतिस्ना थापा, रोजन खत्री, रायन श्रेष्ठ, श्रद्धा उप्रेती “शर्मा”,शिर्पा शाक्य र विवेक श्रेष्ठ प्रतिस्पर्धी रहेको कार्यक्रममा पहिलो चरणमा ६ बाट तीन-तीन जना छनौट गरी अन्त्यमा मिस र मिस्टर नेपाल छनौट गरिएको थियो । सोही प्रतियोगितामा फोटो जेनिक्मा प्रतिस्ना थापाले फोटो जेनिकको उपाधि र आशिष् श्रेष्ठले मिस्टर मुस्कानको उपाधि जित्न सफल भएका थिए ।
एएनएका अध्यक्ष रोजर अधिकारी, कान्तिपुर टेलिभिजनमा फायरसाइड कार्यक्रम सञ्चालन गर्ने पत्रकार भुषण दहाल र मिस नेपाल अर्थ २०१२, वोर्ल्ड मिस विश्वविद्यालय २०१६ को थर्ड रनर अप नग्मा श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए ।
प्रतिक्रिया