मासिक साठी लाखको दूधको कारोबार

इनेप्लिज २०७३ असार १८ गते १२:५० मा प्रकाशित

milk-collection_gबाबियाचौर (म्याग्दी), १८ असार । बेनी बजारमा मासिक रु ६० लाख बराबरको दूधको कारोबार हुने गरेको छ ।

दूग्ध व्यवसायी सङ्घ बेनीका अनुसार बेनीमा दैनिक दुई हजार ५०० लिटर दूध खपत हुन्छ । दुई हजार लिटर डेरी पसलबाट र ५०० लिटर कृषकले सिधँै ग्राहकको घरमा लगेर दूध बेच्ने गरेका सङ्घका अध्यक्ष कोषानन्द आचार्यले जानकारी दिनुभयो ।

प्रतिलिटर रु ६५ मा कृषकबाट खरिद हुने दूध रु ८० का दरले बिक्री हुने गरेको छ । मासिक ७५ हजार लिटर दूध खपत हुने बेनीमा मासिक रु ६० लाख बराबरको दूधको कारोबार हुने गरेको अध्यक्ष आचार्यले बताउनुभयो ।

बेनीमा ३९ वटा दूध डेरी रहेका छन् । ७० प्रतिशत म्याग्दी र ३० प्रतिशत पर्वतको माझफाँट, लेकफाँट गाविसबाट दूध आयात हुने गरेको छ । सिङ्गा, बरङ्जा, ज्यामरुककोट, अथुङ्गे, बास्कुना र घतानका कृषकले बेनीमा दूध बिक्री गर्दै आएका छन् ।

पछिल्लो समय कृषक व्यावसायिक गाईभैँसीपालन तर्फ आकर्षित हुने क्रमसँगै दूध उत्पादन पनि बढेको जिल्ला पशुसेवा कार्यालयका पशुसेवा प्राविधिक डिल्लीराम रेग्मीले बताउनु भयो ।

उहाँका अनुसार जिल्लामा हाल करिब १०० वटा गाईभँैसी फार्म दर्ता भएर सञ्चालन भएका छन् । जिल्लामा उत्पादन बढ्न थालेपछि पर्वत र पोखराबाट दूध आयात घट्दै गएको छ । दूध सहरबाट गाउँमा पैसा भित्र्याउने माध्यम बनेको छ । बेनी नगरपालिका– १३ र १४ वडामा पर्ने सिङ्गा, बास्कुना क्षेत्रबाट मात्रै वार्षिक रु एक करोड बराबरको दूध निकासी हुने गरेको छ ।

गाईभँैसीपालन गरी दूध उत्पादन गर्ने पेसा कृषकको जीविनस्तर सुधार र आयआर्जन वृद्धी गर्न प्रभावकारी बनेको बास्कुनाका कृषक तिलक गुरुङले बताउनुभयो ।

प्रतिक्रिया