नेपाली प्रबासी श्रमिक संघ युएईको क्षेत्रीय कमिटी बिस्तार।

इनेप्लिज २०७३ असार १७ गते १३:१७ मा प्रकाशित

gefont logo

 

नेपाली प्रबासी श्रमिक संघ युएईले  जुन-२०१६ महिनामा बिशेष भेलाको आयोजना गरेर तिन वटा  क्षेत्रीय कमिटी बिस्तार गरेको छ भने निस्क्रिय रहेको एउटा कमिटी विघटन गरेको नेपाली प्रबासी श्रमिक संघ युएइका अध्यक्ष रामेश्वर भेटवालले जानकारी दिएका छन।

सारजाह क्षेत्रीय कमिटी 

नेपाली प्रबासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालको प्रमुख आथित्यमा सम्पन उक्त भेलाका सभापति श्रमिक संघ युएईका उपाध्यक्ष बाबुराम सापकोटा थिए भने बिशेष अथितीमा प्रबासी नेपाली मंच सारजाह क्षेत्रीय समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्य रहेका थिए।

उक्त भेलामा अध्यक्ष भेटवालले  नेपाली श्रमिक संघ के हो? यो श्रमिक संघ प्रबासमा किन आबस्यक छ र यसले श्रमिकहरुको हक हितको बारेमा जिफन्टले कसरी आबाज उठान गर्छ भन्ने बारेमा प्रस्ट पारेका थिए, त्यस्तै श्रमिकहरुको लागी ठुलो राहत कार्यक्रम नेपाल ट्रेड युनियन महासँघले ल्याएको छ र उक्त राहतको लागी जिफन्टको सदस्यता लिनु पर्ने बताउदै यो सस्थाले सित्तैमा श्रमिकहरुको हक हित सुनिस्चित गर्दैन तपाईहरु सस्थामा सदस्यता लिएर १७ फिल्स दिनुस १७ अधिकार लिनुस भन्दै नेपाली प्रबासी श्रमिक संघ युएईमा सबै प्रबासमा रहेका नेपाली श्रमिकहरुलाई आबद् आग्रह गरे।

जिफन्टउक्त भेलाले ९ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अध्यक्षमा डी आर  पाण्डे, त्यसैगरी उपाध्यक्षमा नेत्र बहादुर नेपाली, सचिवमा कृष्ण वाग्ले, कोषाध्यक्षमा कुश कुमार के.शी, सदस्यहरुमा कमल थापा, महेश रेग्मी, गोपाल व. सिङ, बिष्णु प्रसाद भण्डारी, नेदु राम रेग्मी सहितको कार्य समिती गठन गरिएको छ।

उक्त नबनिर्बाचित कार्य समितिलाई नेपाली प्रबासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालले सफथ खुवाउदै अनुशासित र श्रमिकहरुको हकहितको लागी सदैब लागीरहन सुझाएका थिए ।

सोनापुरमा श्रमिक क्षेत्रमा क्षेत्रीय कमिटी

नेपाली प्रबासी श्रमिक संघ युएईले एक बिशेष भेलाको आयोजना गरेर श्रमिकहरुको बस्ति भनेर प्रख्यात रहेको दुबईको सोनापुरमा तेस्रो क्षेत्रीय कमिटी गठन गरेको छ।

नेपाली प्रबासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालको प्रमुख आथित्यमा सम्पन उक्त भेलाका सभापति श्रमिक संघ युएईका उपाध्यक्ष बाबुराम सापकोटा तथा प्रबासी नेपाली मच युएई रास्ट्रिय समितीका सदस्य बसन्त के सीको बिशेष अथिती तथा अथितीमा नेपाली प्रबासी श्रमिक संघ सारजाह क्षेत्रीय कमिटीका अध्यक्ष डी आर पाण्डे, उपाध्यक्ष नेत्र नेपाली सहितको उपस्थिति रहेको  थियो।

सोनापुर १उक्त भेलाले ९ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अध्यक्षमा नम बहादुर ठेडी मगर, त्यसैगरी उपाध्यक्षमा शेर बहादुर गुरुङ, सचिवमा गोपाल बहादुर बिक, कोषाध्यक्षमा राकेश कुमार महतो, सदस्यहरुमा देब कुमार मगर, सुजित कुमार महतो, राम चरण यादब, नरेन्द्र धिमाल  र दुर्गा बहादुर आले सहितको कार्य समिती गठन गरिएको छ।

उक्त नबनिर्बाचित कार्य समितिलाई नेपाली प्रबासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालले सफथ खुवाउदै अनुशासित र श्रमिकहरुको हकहितको लागी काम गर्न आग्रह गरेका छन।

भेला को समापन गर्दै नेपाली प्रबासी श्रमिक संघ युएईका उपाध्यक्ष बाबुराम सापकोटाले उक्त कार्य समितिलाई बधाई दिदै सफल कार्यकालको सुभकामना दिएका थिए।

हमरिया फ्री-जोनमा क्षेत्रीय कमिटी 

नेपाली प्रबासी श्रमिक संघ युएईले  एक भेला आयोजना गर्दै युएईको शारजाह अन्तर्गत रहेको  हमरिया फ्री-जोनमा चौथो क्षेत्रीय कमिटीको बिस्तार गरेको छ।

नेपाली प्रबासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालको प्रमुख आथित्यमा सम्पन उक्त भेलाका सभापति श्रमिक संघ युएईका उपाध्यक्ष बाबुराम सापकोटा थिए भने बिशेष अथितीमा प्रबासी नेपाली मंच सारजाह क्षेत्रीय समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्य रहेका थिए त्यस्तै गरेर अथितीमा नेपाली प्रबासी  श्रमिक संघ सारजाह क्षेत्रीय कमिटीका  अध्यक्ष डी आर  पाण्डेको  समुपस्थितिमा भेलाको आयोजना गरिएको थियो।

२उक्त भेलामा अध्यक्ष भेटवालले  अब  युएइका  हरेक  नेपाली  श्रमिक काम गर्ने  ठाउमा पुगेर  श्रमिकका समस्यामा हातेमालो गर्दै उनीहरुको  समस्यालाई नेपाली  एम्बेसी लगाएत  जिफन्ट केन्द्रिय कार्यालय  नेपाल  सम्म पुर्याउन पहल  गरिने जानकारी  दिदै  जिफन्टले  श्रमिकको हक हितको बारेमा कसरी आबाज उठान गर्छ भन्ने बारेमा प्रस्ट पारेका थिए, त्यस्तै श्रमिकहरुको लागी ठुलो राहत कार्यक्रम नेपाल ट्रेड युनियन महासँघले ल्याएको छ र उक्त राहतको लागी जिफन्टको सदस्यता लिनु पर्ने बताउदै यो सस्थाले सित्तैमा श्रमिकहरुको हक हित सुनिस्चित गर्दैन तपाईहरु सस्थामा सदस्यता लिएर १७ फिल्स दिनुस १७ अधिकार लिनुस भन्दै नेपाली प्रबासी श्रमिक संघ युएईमा सबै प्रबासमा रहेका नेपाली श्रमिकहरुलाई आबद् आग्रह गरे।

उक्त भेलाले १५ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अध्यक्षमा तिल बिक्रम  लिम्बु, त्यसैगरी उपाध्यक्षमा पान बहादुर गुरुङ, सचिवमा नारादिप लिम्बु, कोषाध्यक्षमा हेमन्त गाहा, सदस्यहरुमा राजकुमार श्रेष्ठ , टेक बहादुर लिम्बु , राम बहादुर सुनार , आर्यन जिम्ब, बिकाश  भट्टराई, खगेन्द्र अबस्थि, खेम बहादुर क्षेत्री, तेज  राई, राम कुमार  चौधरी र खडक बहादुर सुनार सहितको कार्य समिती गठन गरिएको छ।

उक्त नबनिर्बाचित कार्य समितिलाई नेपाली प्रबासी श्रमिक संघ युएईका अध्यक्ष रामेश्वर भेटवालले सफथ खुवाउदै अनुशासित र श्रमिकहरुको हकहितको लागी सदैब लागीरहन सुझाएका थिए ।

प्रतिक्रिया