भीमदत्तनगर, १७ असार । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव आज बिहानबाट बढेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार केहीबेरअघि गरिएको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ८५ हजार क्युसेक नाघेको छ ।
पानीको बहाव बढेपछि सीमावर्ती महाकाली नदीमा रहेको शारदा ब्यारेज (वनबासा पुल)मा चार पाङ्ग्रे सवारी साधनलाई बिहान १० बजेदेखि आवागमनमा रोक लगाइएको छ ।
महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले पुलको अवस्था नाजुक रहेका कारण ठूला सवारी साधनलाई रोक लगाउँदै आएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गोकुल बलायरले पुलमा मोटरसाइकल, पैदलयात्रीलाई भने रोक नलगाइएको जानकारी दिनुभयो । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी र दार्चुलामा वर्षा भएका कारण पानीको बहाव बढ्दै गइरहेको छ ।
प्रतिक्रिया