पाँच सय आठ घरधनीलाई पुनःनिर्माणको ५० हजार

इनेप्लिज २०७३ असार १६ गते १२:०९ मा प्रकाशित

Paisaमेलम्ची, १६ असार । सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछि घर बनाउन अनुदान पाउनेको सूचीमा ७८ हजार पाँच सय ३७ घरधनी परेका छन् ।
पुनःनिर्माणका लागि आजसम्म घर बनाउन २९ हजार सात सय ३२ घरधनीसँग अनुदान सम्झौता भएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताउनुभयो ।

पहिलो किस्ताको रु ५० हजार अहिलेसम्म पाँच सय आठ जनाको खातामा रकम पठाइसकेको दुवाडीले जानकारी दिनुभयो ।

नाम छुटेका र गल्ती विवरण आएकाको भनेर जिल्लाभरबाट गुनासो दर्ता गराउनेको सङ्ख्या भने छ हजार आठ सय ६४ रहेको र अझ गुनासो दर्ता गराउनेको सङ्ख्या वृद्धि हुने आँकलन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म भोताङ, गुन्सालगायत १२ गाविस र चौतारा नगरपालिकामा पूर्णरुपमा ४७ हजार एक सय ८८ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

प्रतिक्रिया