आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १८:१०
वासिङटन डिसी 08:25

नायिका प्रियंका कार्की नेपलीज अमेरिकन सम्मेलनको लागि लस एन्जेलस पुगिन

इनेप्लिज २०७३ असार १६ गते १:१७ मा प्रकाशित

priyanka karki

वाशिंगटन डिसी । नेपाली चलचित्रकि नायिका प्रियंका कार्की नेपालबाट अमेरिकाको लस एन्जेलस पुगेकी छिन् l उनको साथमा नेपालकि चर्चित भेषभुषा रुपकार (डिजाईनर) तथा ख्यातिप्राप्त नमुना(मोडल) बिना घले आएकी छिन् l

नायिका कार्की आगामी जुलाई २- ४ सम्म हुन गइ रहेको प्रथम नेपलीज अमेरिकन सम्मेलनको लागि आएकी हुन् l अभिनेत्री प्रियंका कार्की सम्मेलनमा कार्यक्रम प्रस्तोता ,भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति गर्ने भएको जानकारी प्रचार प्रसार बिभागका संयोजक प्याट्रिक सुबेदीले दिएका छन् ।

bina ghale 1

यसको अतिरिक्त उनले प्रथम नेपलीज अमेरिकन सम्मेलनको भेषभूषा कार्यक्रममा छनौट भएका ९ जना उत्कृष्ट सहभागीहरुलाई समेत बिशेष सहयोग तथा तालिम दिने भएकी छिन् l भेषभुषा प्रदर्शन जुलाई ३ तारिखमा हुनेछ भने उक्त सहभागीहरुलाई निर्णायकहरु गायिका नलिना चित्रकार ,बिना घले तथा विश्व गौतमले छनौट गरेका हुन् l

लस एन्जेलस बिमान स्थलमा प्रियंका कार्की तथा बिना घलेलाई स्वागत गर्न आयोजक समितिको तर्फबाट समाज सेवी उमा कार्की थापा ,संयोजक विश्व सुबेदी , अनुषा कार्की ,शारदा श्रेष्ठ तथा अनिल केसी तथा अन्य गएका थिए l

priyamka bin ghale

प्रतिक्रिया