आइतबार, असोज ३१ २०७८
काठमाडौं ००:२१
वासिङटन डिसी 14:36

आज १३औँ राष्ट्रिय धान दिवस मनाइयो

इनेप्लिज २०७३ असार १५ गते १२:५६ मा प्रकाशित

wfg lbj; wfg lbj;sf ca;/df s~rgk'/sf] emnf/L lkknf8L –$ c;}gfdf a'waf/ g]kfn ls;fg ;ª3 s~rgk'/sf] cfof]hgfdf wfg /f]kfOF ub}{ ;f+;b axfb'/ l;+x yfkf;lxt ;xefuLx? . tl:a/ M /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;

काठमाडौँ, १५ असार । काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा रोपाइँ गरी आज १३औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।
‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ खाद्य सङ्कट उत्पन्न हुन नदिन भातबाहेक अन्य खाद्यान्नलाई पनि खानाका रुपमा प्रयोग गर्न सुझाउँदै उक्त दिवस मनाइएको हो ।

कृषि विकास मन्त्रालयका अनुसार धानखेती हुने करिब १५ लाख हेक्टर क्षेत्रफलमध्ये आजसम्म १८ प्रतिशत रोपाइँ भइसकेको छ । तराईमा ७० प्रतिशत, पहाडमा २६ तथा हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । मन्त्रालयका अनुसार आव २०७२÷७३ मा करिब १४ लाख हेक्टरमा ४३ लाख मेट्रिक टन धान उत्पादन भएको छ ।

धान विज्ञ भोलामानसिंह बस्नेतले बिहानबेलुकी नै खानामा भात खाने बानीमा सुधार गर्दै गहुँ, फापरको रोटी, आलुलाई खानामा समावेश गर्न सके नेपालमा चामलको अभाव नहुने दाबी गर्नुभयो । कृषकले बीउ तथा मल छनोटमा ध्यान पु-याए अहिले भन्दा २० प्रतिशत बढी धान उत्पादन गर्न सकिने उहाँको भनाइ छ ।

सन् २०३० सम्म वार्षिक साढे छ लाख मेट्रिक टन धानको माग हुने भएकाले त्यसको आपूर्तिका लागि कम्तीमा पनि १६ प्रतिशत धान उत्पादनमा वृद्धि गर्नुपर्ने हुन्छ । पछिल्लो १० महिनामा नेपालले रु १८ अर्ब ८६ करोडको चामल आयात गरेको छ ।

यसैगरी आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन नेपालले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा धान रोपाइँ कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बा, राज्यमन्त्री विक्रमबहादुर थापा, सहायकमन्त्री दिनेश श्रेष्ठ, सङ्घीय मामिला र स्थानीय विकास सहायकमन्त्री रेशम लामालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया