करेन्ट लागेर युवकको मृत्यु

इनेप्लिज २०७३ असार १५ गते ८:३६ मा प्रकाशित

दाङ, १५ असार । करेन्ट लागेर आज दाङमा एकजना युवकको मृत्यु भएको छ भने एकजना बालक घाइते भएका छन् । धनौरी गाविस– ५ कोर्वाङ निवासी २० वर्षीय रेशम पुनको करेन्ट लागेर मृत्यु भएको छ भने सोही ठाँउ निवासी १२ वर्षीय सुवास खड्का घाइते भएका छन् ।

घाइतेको दायाँहातमा गहिरो घाउ लागेको छ । घाइते खड्काको अहिले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चुडिएको तार मर्मतका लागि पोलमा चढेका पुनलाई करेन्ट लाग्दा पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया