मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ००:४०
वासिङटन डिसी 14:55

धर्म परिवर्तन गराउनेमाथि कारबाही हुन्छ : थापा

इनेप्लिज २०७३ असार १२ गते १०:४१ मा प्रकाशित

kamal thapa 1धनकुटा, १२ असार । उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले गैरसरकारी संस्था खोलेर धर्म प्रचार र परिवर्तन गराउनेलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

हिन्दूत्व जागरण अभियानका लागि धनकुटा आइपुग्नुभएका थापाले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताउनुभएको हो । सनातनदेखि चलिआएका धर्मलाई रक्षा गर्ने सरकारको प्रमुख दायित्व भएको बताउँदै मन्त्री थापाले अहिले सङ्गठित रुपमा गाउँ-गाउँमा गएर पैसाको आडमा जबर्जस्ती धर्म परिवर्तन गराउने काम भइरहेको दाबी गर्नुभयो ।

मन्त्री थापाले यस्ता प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

प्रतिक्रिया