सम्बन्धबिच्छेदका मुद्दा बढ्दो

इनेप्लिज २०७३ असार १२ गते १०:३६ मा प्रकाशित

काठमाडौँ, १२ असार । काठमाडौँ जिल्ला अदालतमा गत तीन वर्षमा सम्बन्धबिच्छेदका पाँच हजार ६३ मुद्दा दर्ता भएका छन् ।

तीमध्ये चार हजार ६४ मुद्दाको फैसला भइसकेको छ । करिब एक हजार मुद्दाको फैसला हुन बाँकी छ । काठमाडौँ जिल्ला अदालतका कर्मचारी लिकेश श्रेष्ठका अनुसार काठमाडौँमा आव २०७०-०७१ मा एक हजार ७४२ यस्ता मुद्दा दर्ता भएकामा । एक हजार ७२१ मुद्दा फैसला भइसकेका र २१ मुद्दा विचाराधीन छन् ।

त्यसैगरी आव २०७१÷२०७२ मा एक हजार ८३६ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकामा १२० मुद्दामा फैसला हुन बाँकी छ । त्यसमा एक हजार ७१६ मुद्दा फैसला भइसकेको अदालतले जनाएको
छ ।
त्यसैगरी २०७२ साल साउन १ गतेदेखि २०७३ साल वैशाख २० गतेसम्म एक हजार ४८५ मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये एक हजार २७ फैसला भइसकेका र ४५८ मुद्दा फैसला हुन बाँकी छ ।
एकापसमा मनमुटाब, अन्तरजातीय विवाह लगायत कारणले सम्बन्धबिच्छेदका घटना बढेको अदालतका कर्मचारी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया