सोमबार, कार्तिक १ २०७८
काठमाडौं २३:१६
वासिङटन डिसी 13:31

नेपालको काठमाडौं पछि अमेरिकाको वाशिङटन डिसीमा यसरी बिमोचन गरियो रामप्रसाद खनालको कविता सँग्रह “देश हराएको मान्छे” !

इनेप्लिज २०७३ असार १२ गते ३:५५ मा प्रकाशित

DSC01105

रामप्रसाद खनालको कविता सँग्रह “देशहराएको मान्छे” को अमेरिकाको वाशिङ्टन डिसी मेट्रो एरियाको भर्जिनिया मनासस शहरमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदी, महा बाणिज्यदूत एबम अग्रज लोक गायक प्रेमराजा महत, अग्रज साहित्यकार लेखक कृष्ण धराबासी, गोरखापत्र संस्थान का पूर्व महाप्रबन्धक एबम मधुपर्कका सम्पादक कपिल घिमिरे डा. गुण सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. रघुनाथ अर्याल, शिक्षा बिद, नेपालको प्लाटिनम पब्लिकेशनका संस्थापक, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महा संघका महासचिब नबनिधी पन्त, साहित्यकार गीतकार अम्बिका गुरुङ, छन्द कवी सुदिप भद्र खनाल, सर्जक रामप्रसाद खनालले संयुक्त रुपमा बिमोचन गर्नुभयो ।

DSC01193

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदीको अध्यक्षता भएको थियो भने उपाध्यक्ष अरुण रुपाखेतीले स्वागत भासण, अर्का उपाध्यक्ष भूप नारायण घर्ति मगरले सन्चालन गर्नुभएको थियो । उक्त बिमोचन समारोह एबम साहित्यिक कार्यक्रममा कयौँ साहित्यकार र सम्बन्धित क्षेत्रका अलावा अन्य क्षेत्रबाट पनि ब्यक्तित्वहरु सहभागी हुनुहुन्थ्यो ।

DSC01116

बिमोचन समारोह एबम साहित्यिक कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की, अग्रज साहित्यकार एबम अनेसासका संस्थापक होमनाथ सुबेदी, महाबाणिज्यदूत एबम अग्रज लोक गायक प्रेमराजा महत, अग्रज साहित्यकार लेखक कृष्ण धराबासी, गोरखापत्र संस्थान का पूर्व महाप्रबन्धक एबम मधुपर्कका सम्पादक कपिल घिमिरे, डा. गुण सुबेदी, डा. अनिल सुवाल, डा. राजेश सुबेदी, डा. रघुनाथ अर्याल, शिक्षा बिद, नेपालको प्लाटिनम पब्लिकेशनका संस्थापक, नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महा संघका महासचिब नबनिधी पन्त, साहित्यकार गीतकार अम्बिका गुरुङ, छन्द कवी सुदिप भद्र खनाल, सर्जक रामप्रसाद खनालले देश हराएको मान्छे र समसामयिक बिषयमा आ आफ्ना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

DSC01119

बिमोचन पहिलो चरणमा र साहित्यिक कार्यक्रम दोस्रो चरणमा गरिएको उक्त समारोहमा पुस्कर पन्तको हाँस्य कविता, मन कुमारी थापा र खेम संग्रौलाको गीत, सुस्मा खनाल र बिना घर्ति मगर को नाच पनि प्रस्तुत गरिएका थिए भने प्रकाश नेपाल, होमनाथ सुबेदी, अरुण रुपाखेती, रामप्रसाद खनाल, नीरा शर्मा, कल्पना सुबेदी, गुणराज लुइँटेल, सुदीप भद्र खनाल, भूप नारायण घर्ति मगर, परशु तिमल्सिना, निलकण्ठ सुबेदी, विश्व बन्धु कार्की, चेतन सिटौला, कपिल घिमिरे, शकुन्तला अधिकारी लगायका अन्य साहित्यकारहरुका कविता हरु प्रस्तुत गरिएका थिए ।
समारोहमा कविता सँग्रह “देश हराएको मान्छे” का प्रकाशक तथा बितरक, हाल सम्म करिब एक हजार प्रकाशन गरिसकेका एशिया पब्लिकेशन र प्लाटिनम पब्लिकेशनका संस्थापक नबनिधी पन्तलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाको तर्फबाट बिशेष सम्मान गरिएको थियो। यसै गरी गोरखा पत्र संस्थानका पूर्व महा प्रबन्धक, मधुपर्कका पूर्व सम्पादक कपिल घिमिरे, अनेसासका केन्द्रिय सचिब प्रकाश नेपाल, चलचित्र निर्देशक अनिल संग्रौलालाई सम्मान गरिएको थियो भने अनेसास तथा का गतिबिधिलाई जन समाछा पुर्याउने डिसी नेपाल डट कम र इनेपालीज डटकम, रामहरी सुबेदी, प्रशन्न संग्रौला सहित अनेसासका सहयोगी हातहरुलाई अध्यक्ष रामप्रसाद खनाल, राजदूत कार्की, महा बाणिज्य दुत महत, संस्थापक सुबेदीले प्रशँशा पत्र प्रदान गर्नुभएको थियो ।

DSC01096
कार्यक्रममा अध्यक्ष खनालले अनेसास डिसी मेट्रो कमिटीमा थप ५ जना क्रमश: चेतन सिटौला, नीरा शर्मा, विश्व बन्धु कार्की, शशी गुरुङ, निलकण्ठ सुबेदीलाई बिधान बमोजिम मनोनयन गरी प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
यसै बिच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले कार्यक्रम सफल पार्न योगदान दिनुहुने प्रमुख अतिथि, अतिथिगण, साहित्यकारहरु र सहभागी सबैलाई कार्यक्रम पछी एक बिज्ञप्ती मार्फत पनि धन्यवाद प्रकट गर्नुभएको छ ।

मदर नेपाल .कम बाट

प्रतिक्रिया