अमेरिकामा हुने नेपाल प्रर्दशनी मेलामा उत्साहजनक सहभागिता हुने

इनेप्लिज २०७३ असार ११ गते २३:०८ मा प्रकाशित

buddhi prasad regmi

अमेरिकाको न्युयोर्कमा हुन् गइ रहेको नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको लागि दर्ता प्रक्रिया अगाडी बढाउने उद्योगी तथा ब्यबसायीहरुको उत्साहजनक सहभागिता हुने लक्षण देखा परेको छ l

विश्व कै सम्राट राज्य न्युयोर्कमा हुने अन्तर्राष्ट्रिय व्यापार मेला आगामी सेप्टेम्बर ३० देखि अक्टुबर २ सम्म चल्ने ३ दिन सम्म चल्ने छ l नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले पछिल्लो जानकारी दिदै अहिले सम्म करिब ३ सय उधोग तथा ब्यबसायीले दर्ता गरि सकेको बताएका छन् l  l दर्ताको अन्तिम म्याद आगामी जुन ३० सम्म रहने छ l

जुलाई को अन्तिम हप्ता देखि अन्तर्वार्ता हुनेछ भने सहभागी हुन् आउनेको लागि बासको व्यवस्था तथा सत्कारको चाजो मिलाउन कदम चालिएको मेला आयोजकका अध्यक्ष रेग्मीले बताएका छन् l

प्रदर्शनी गर्न आउने सबैको लागि यात्रा तथा आवत जावतको व्यवस्था यात्रा साझेदारीमा रहेको ट्राभल्स प्लानेट टुर्स एण्ड ट्राभ्ल्सले गर्ने छ l  हाल सम्म ९२ वटा सजावट तथा सुरक्षा साझेदारीको पूर्ण तयार भएको जानकारी अध्यक्ष रेग्मीले दिएका छन् l

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रबर्धन तथा नेपाल र अमेरिका बीच व्यापार विस्तार गर्नका लागि न्यूयोर्कमा नेपाली सामानहरुको प्रदर्शनी गरिने छ l

nepal exhibition

प्रतिक्रिया