बेलायतको जनमत संग्रहको नतिजाले अमेरिकामा नेपालीहरुको “घर लिलामी हुन सक्ने” बजारको हल्ला – हल्लै मात्र

इनेप्लिज २०७३ असार ११ गते ११:०७ मा प्रकाशित
unnamed
     
ईनेप्लीज सम्बात्दाता
२५ जुन २०१६ – 
युरोपियन युनियन (ई० यु०) मा बेलायत बस्ने की ? हट्ने भन्ने बारे बेलायतमा भएको जनमत संग्रहको नतिजाले संसारैभरी नकारात्मक हल्ला चलेको छ l 
जनमत संग्रहको नतिजा घोषणा भई नसक्दै (मत गणना भईरहेकै दिन) जुन २४ तारिख सुक्रबारका दिन  सबैभन्दा बढ्ता असर अमेरिकामा देखियो l बेलायत ई० यु० बाट हट्नेमा बढ्ता मत परिणाम आईसक्दा बित्तिकै (मत गणना हुँदै गर्दा) सुक्रबार अमेरिकाको शेयर बजार स्वात्तै घटेर  बिगत ६ बर्षमा पहिलोपटक त्यती धेरै मुल्य शेयर घट्यो l जस्लेगर्दा करिब १५ अरब डलर जती  अमेरिकालाई घाटा भयो l त्यस्तै, हप्ताभरी पेट्रोलको भाऊ सस्तो भएर भाऊ बढ्ने दिन सुक्रबार  बढ्नुको सट्टा ऊल्टो सात सेन्ट घट्यो l जस्लेगर्दा, अर्को १५ – २० अरब डलर जती रकम  अमेरिकालाई घाटा लाग्यो l बेलायतको जनमत संग्रहको असर नेपाललाई पनी पर्यो : नेपालमा सुनको भाऊ महँगो भयो र डलरको भाऊ घट्यो l 
 
बेलायतको जनमत संग्रहको नतिजाले संसारैभरीको अर्थतन्त्र ऊथलपुथल हुने कुरा  अमेरिकाको सि० एन० एन० लगायतका संसारै भरीका संचारका माध्यमले फुकेको फ़ुकै गरेका छन् l  यसको असर अमेरिकाको नेपाली समुदायमा पनी पर्यो र नेपाली समुदायमा हल्ला चल्यो : २००४ – २००५ तिर अमेरिकाको अर्थतन्त्र बिग्रेर ( अमेरिकामा मोर्टगेज क्रयास भएर ) नेपालीहरुले घरको ऋणको किस्ता तिरनै नसकेर अमेरिकाका नेपालीहरुको घर बैंकले  लिलामी गरिदिएको स्थिती पनी हुनसक्छ” भन्ने हल्ला चल्यो सुक्रबार दिनभरी !
घरको भाऊ बढ्नुको सट्टा भाऊ घट्ने हल्ला चल्यो – सुक्रबार दिनभरी !
यसबारेमा, बेलायतको जनमत संग्रहको नतिजाले अमेरिकाको नेपालीहरुको घरको भाऊको हालत ? के होला त ? ( कस्तो ? असर पर्ला त ? ) भनी ईनेप्लीजले वाशिंगटन डिसी स्थित नेपाली दुताबासका  ईकोनोमिक काऊन्सिलर कैलाशराज पोखरेललाई सोधनी गर्दा – अर्थशास्त्री पोखरेलले भने  :- बेलायतको जनमत संग्रहको नतिजाले अमेरिका लगायत संसारैभरीको अर्थतन्त्रमा असर पुर्याएको  कुरो सत्य हो l तर, आज पहिलो दिनमै जुन खालको असर परेको छ – त्यस्तै खालको असर  संधै परिरहन्छ र अमेरिकाको अर्थतन्त्र फेरी खत्तम हुन्छ (नेपालीको घरको भाऊ घट्छ ) भनेर अहिल्यै भन्न सकिन्न l नेपालीको घरको भाऊ घट्छ की घट्दैन ? भन्नको लागी त लामो समय कुर्नुपर्छ – अहिल्यै आजै भन्न सकिन्न – अर्थविद पोखरेलले भने l अब बेलायत लगायत संसारैभरीको अर्थतन्त्र बिग्रन्छ भनेर  जनमत संग्रहको नतिजा घोषणा नहुँदै बेलायतका प्रधानमन्त्रीले राजिनामा दिने घोषणा गरेपनी, “अमेरिकामा नेपालीहरुको घरको भाऊ घट्ने, बैंकले नेपालीको घर लिलामी गर्ने स्थिती फेरी आऊँछ” भन्ने बजारमा चलेको हल्ला हाललाई हल्लै मात्रै हो भनेर नेपाली दुताबासका  ईकोनोमिक काउन्सिलर कैलाशराज पोखरेलले बताए l 
बेलायतको जनमत संग्रहको नतिजाले अमेरिकामा नेपालीको घरको मूल्यलाई कस्तो ? असर पार्ला ?
ईनेप्लीजले खोज, अनुसन्धान गरेर – आगामी दिनमा सत्य तथ्य तथ्यांक प्रस्तुत गर्नेछौं l
 
                                                                               

प्रतिक्रिया