क्यानडामा नेपाल मैत्री तथा सांस्कृतिक समाज द्वारा अम्बर गुरुङ स्मृति साँझ सम्पन्न

इनेप्लिज २०७३ असार १० गते २१:४२ मा प्रकाशित

manik

भ्यानकुवर, क्यानडा नेपाल मैत्री तथा सांस्कृतिक समाज अन्तर्गत सो को संस्थापक अध्यक्ष श्री मानकाजी “ज्येना ” को पहलकदमिमा उक्त अम्बर गुरुङ्ग स्मृति सांझ सम्पन्न भयो । १२ जना नेपाली साहित्य तथा सङ्गित प्रेमीहरु – कमला वज्राचार्य, सविता अमात्य, सुषमा र सौन्दर्या प्रधान, विकाश, विशाका र म्हेन्दु लामा, रमेश स्थापित, सानु र ऋद्धि शाक्य, मानकाजी तथा वीना श्रेष्ठ आदि…) सहभागी भएको सो भेलालाइ स्वागत गर्दै निज “ज्येना ” ले महासङ्गितकार श्री अम्बर गुरुङ्ग को रोचक ,घोचक बहुआयामिक जीवनी छोटकरी कवितावाट प्रस्तुत गर्नु अघि खादा ओढाइ १ मिनेट मौन धारणा गरियको थियो ।

करिब ४ घण्टालामो उक्त कार्यक्रममा, सहभागीहरु द्धारा पालै पालो निज सर्जकवारे अरु प्रकाशपार्दै निजद्धारा सिर्जित, रचित तथा सङ्गितबद्ध एक से एक गीतहरु जस्तै –नञा नेपालको र प्रवाशी नेपालीको राष्ट्रिय गानहरु क््रमशः सयौं थुङ्ग फूलका हामी …….. र ९ लाखे तारा उदाय…. द्धयको स सम्मान उठेर सामुहिक गान गाइए लगत्तै, अन्य लोकप्रिय गीतहरु जस्तै ….., रातो र चन्द्र सुर्य…., म अम्वर हु…, पोखियर घामको झुल्का…., पोहर साल खुसी फाटदा…, डाडा पारी हिउ परेछ……., ए कान्छा मलाइ सुनको तारा खसाइदेृऊन……., मेरो आखामा रख्ने फूलवारी छैन…….., .को साथै जनकवि केशरी स्व. धर्मराज थापा रचित तथा पुष्पनेपाली को स्वरमा प्रतिउत्तर गीत –फर्क हे फर्क नेपाली ….., समेत गाईएका थिए l

यस्तो, नेपालीे राष्ट्रिय विभूतिहरुलाइ सम्मान गर्ने परिपाटी जन्य कार्यक्रमले समस्त गै आ ने समाजलाइ अरु चुस्त दुरुस्त राख्न ठूलो मदत पुग्ने निचोड निकाल्दै अब अर्को कार्यक्रम –(जुलाइ ३० ता.का दिन) श्रद्धेय सर्जक स्व. गोपाल योञ्जन प्रति समर्पित गर्ने गरी सो स्मृति सांझ विसर्जन गरियो।

स्मरण होस कि निज “ज्येना ”कै पहलकदमिमा त्यस्तै निम्न स्वर्गीय सर्जक महानुभावहरुः क्रमशः स्वर सम्राट नाराएण गोपाल, यसस्वी तपस्वी नातिकाजी श्रेष्ठ, फत्तेमान राजभण्डारी, युग कवि श्री सिद्धिचरण श्रेष्ठ, प्रकृतिविद हुतराम वैद्य, तथा साहित्यकारजगदीश घिमिरेको वारेमा पनि , विगतमा एकल वा स्मृति साझ मनाइएका थिए l

 

प्रतिक्रिया