बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १९:०७
वासिङटन डिसी 09:22

नेपाली बैज्ञानिकहरुको पहिलो सम्मेलन जुलाई ३० मा हुँदै

इनेप्लिज २०७३ असार १० गते १७:५४ मा प्रकाशित

usnprc copy

यूएस – नेपाल पोलिसी रिसर्च सेन्टर नामको संस्था नेपाली बैज्ञानिकहरुद्वारा स्थापित एक नन-प्रफिट प्रकृतिको संस्था हो। भर्खरै अमेरिकाको टेक्सास राज्यमा दर्ता भएको यो संस्थाको प्रथम सम्मेलन यही जुलाई ३०, २०१६ का दिन सिकागोमा हुने भएको छ।

बिगत देखि अमेरिकामा बस्दै आउनु भएका विभिन्न विषयका बिग्या   नेपाली मुलका बैज्ञानिकहरुको सामाजिक संस्था यूएस – नेपाल पोलिसी रिसर्च सेन्टरले प्रथम पटक आयोजना गरको यो सम्मेलनले संस्थागत ठोस कुराहरु र अन्य संभावित बिषयहरुको बारेमा छलफल गरिने कुरा सो सम्मेलनका संयोजक डा यादब पण्डितले बताउनु भएको छ।

सम्मेलनबारे छोटो कुरा गर्दै संयोजक डा यादव पण्डितले सम्मेलनमा कति जना र को को उपस्थित हुने भन्ने कुरा हाल सम्पर्क गर्दै गरेको अवस्था भएकोले सो को अपडेट संस्थाको वेबसाइट http://usnprc.org/ मा गरिने कुरा बताउनु भएको छ। तर पनि यो एक तहको बौद्धिक व्यक्तिहरु तेस्मा पनि विभिन्न विधामा विशिष्ट अध्ययन गरेका व्यक्तिहरुको जमघट र छलफल हुने कुरा बताउनुहुन्छ डा पण्डित।

सम्मेलन कस्तो प्रकृतिको हुने भन्ने प्रश्नमा डा पण्डित भन्नुहुन्छ यो  हाल सम्म अरु कुनै पनि संघ संस्थाले पनि नगरेको अवस्थामा हामीले सामान्य रुपमा सुरु गरका छौ र आगामी दिनमा अलि निर्दिष्ट रुपले जाने कुरा भने सम्मेलन पछाडी नै जानकारी गराइने छ। डा पण्डित भन्नुहुन्छ हरेक कुरा सामान्यबाट सुरु हुन्छ र समय सन्दर्भले तेसलाई परिमार्जित र परिष्कृत गर्दै जाने हो। तेसैले यो सुरुवात हो यसमा थपिंदै जाने कुरा अरु धरै छन।

साधारणतया नेपाली समाजमा बैज्ञानिक भन्ने बितिक्कै प्राकृतिक बिज्ञानका बायो, फिजिक्स, केमिस्ट्री जस्ता कुराको अध्ययन गर्ने कुरा बुझ्दछौ। तर कुनै पनि बिषयमा बिशेषग्यता हासिल गर्नु नै तत विषयका लागि बैज्ञानिक हुन्। तेसैले यो सम्मेलनमा हरेक विषयका बैज्ञानिकहरुको उपस्थिति रहेने छ।

========

http://ehubnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%ac%e0%a5%88%e0%a4%9c%e0%a5%8d%e0%a4%9e%e0%a4%be%e0%a4%a8%e0%a4%bf%e0%a4%95%e0%a4%b9%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a4%b9/

प्रतिक्रिया