आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १६:५३
वासिङटन डिसी 07:08

काबुल घटनाका नेपालीको शव र घाइते बुझ्न प्रधानमन्त्री ओली विमानस्थल जाने

इनेप्लिज २०७३ असार ८ गते ७:११ मा प्रकाशित

k|wfgdGqL cf]nLåf/f b]zjf;Lsf] gfddf ;Daf]wg k|wfgdGqL s]kL zdf{ cf]nLåf/f cfh k|wfgdGqL lgjf; afn'jf6f/df b]zjf;LnfO{ ;Daf]wg ub}{ . tl:a/ /f]zg ;fksf]6f, /f;;

काठमाडौं, ८ असार । प्रधानमन्त्री केपी शर्मा ओली काबुल घटनामा मारिएका नेपालीको शव बुझ्न आफै विमानस्थल जाने भएका छन् ।

सोमबार विहान अफगानिस्तानको राजधानी काबुलमा भएको तालिवानी आत्मघाती आतंकवादी आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो ५ घाइते छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार काबुलमा ज्यान गुमाएका १२ नेपालीको शव बुझ्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका हुन् । ‘प्रधानमन्त्री ज्यूले काबुलबाट विमान फर्किने समयमा आफै विमानस्थल पुगेर शव र घाइते बुझ्नुहुनेछ’ उनले भने ।

नेपाली नागरिकको शव बुझ्न विमानस्थलै पुग्ने ओली पहिलो प्रधानमन्त्री समेत बन्ने भएका छन् । यसअघि कुनैपनि प्रधानमन्त्री यसरी विमानस्थल गएका थिएनन् । नेपालीहरुको शव र घाइते बुझ्न आफै गएर प्रधानमन्त्री ओलीले नयाँ परम्पराको थालनी गर्ने भएका छन् ।

यसैगरी हिजोमात्रै सरकारले नेपालको इतिहासमै पहिलोपटक आफ्ना नागरिक लिन चार्टर विमान पठाउने निर्णय गरेको थियो र आज बिहानै साढे ३ बजे नेपाल वायु सेवा निगमको चार्टर विमान शव लिनका लागि काबुल गएको थियो ।

उक्त विमान १२ बजेपछि काबुलबाट उड्ने र ३ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि उक्त विमान साढे ११ बजे नै काठमाडौं अवतरण गर्ने भनिएको थियो ।

काबुलमा मारिएकाहरुको शव र घाइतेलाई लिन विमान नै पठाउनै निर्णय गराएका प्रधानमन्त्रीले सरकार संवेदनशील छ भन्ने पुष्टि गराउन नयाँ कदम थालेको प्रेस संयोजक अधिकारीको भनाई छ ।

 

प्रतिक्रिया