सोमबार, कार्तिक १ २०७८
काठमाडौं २३:३२
वासिङटन डिसी 13:47

नेपाल एयरलाइन्सको विमान काबुलमा, नेपालीको शव लिएर आजै फर्किने

इनेप्लिज २०७३ असार ८ गते ६:२२ मा प्रकाशित

Nepal-airlines-650x488काठमाडौं, ८ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आतंककारी आक्रमणमा मारिएका १२ नेपालीको शव लिन नेपाल वायु सेवा निगम (नेवानी) को चार्टर विमान काबुल पुगेको छ ।

१२ नेपालीको शव र घाइते लिन काठमाडौंबाट बिहान ३ बजे उडेको विमान काबुलमा सफलतापूर्वक अवतरण गरेको क्याप्टेन (पाइलट) विजय लामाले जानकारी गराएका छन् ।

काबुलबाट शव ल्याउन तथा आवश्यक सहयोग र समन्वय गर्न सेनाको मेडिकल टिमसहित चार, प्रहरीबाट तीन, गृहबाट एक, परराष्ट्रबाट एक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट एक जना सो विमानमा गएका छन् ।

शव बुधबार बिहान साढे ११ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए ।

उनका अनुसार विमानमार्फत मृतक र घाइतेसँगै नेपाल फर्कन चाहने अन्य नेपालीलाई पनि विमानको क्षमताअनुसार ल्याइने छ ।

सोमबार भएको आतङ्ककारी आक्रमणमा परी १२ नेपालीको निधन भएको थियो भने ५ जना घाइते छन् ।

यसैगरी परराष्ट्र मन्त्रालयले नेपाल फर्कन चाहनेले कावा राजदूतलाई मो नम्बर +923045441953 वा इमेलः  [email protected] सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया