शनिबार, असोज ३० २०७८
काठमाडौं २३:३८
वासिङटन डिसी 13:53

अमेरिका नेपाल शिक्षा सदनका कक्षाहरु प्रभावकारी रुपमा संचालन गरिदै

इनेप्लिज २०७३ असार ८ गते १:२२ मा प्रकाशित

man 5

भर्जिनियाको मनाससमा नेपाली बालबालिकाहरुका लागि भाषा संस्कृति तथा नेपाल परिचय सम्बन्धि मुख्य लक्ष्य लिएर स्थापना भएको नेपाली पाठशाला गत फेब्रुअरी महिना देखि नै प्रभावकारी रुपमा संचालन भै रहेको जानकारी संस्थाका अध्यक्ष पदम रेग्मीले दिएका छन् l

अमेरिका नेपाल सहयोगी समाजको बिशेष पहलमा नेपाली पाठशाला संचालनमा आएको हो l अमेरिका नेपाल सहयोगी समाजको शिक्षा संकायको अमेरिका नेपाल शिक्षा सदनले पढाउने उत्तरदायित्व लिएकोले गत सरस्वती पूजा / श्री पंचमीमा उद्घाटन गरिएको थियो l

man 6

हाल पाठशाला सुचारु रुपले संचालनमा रहेको र ५० जना भन्दा ज्यादा बिद्यार्थीहरुले नेपाली भाषा पढ्न र लेख्न सिकी रहेको अध्यक्ष रेग्मीले बताए l उक्त बिद्यार्थीहरुलाई पढाउन नेपालमा शिक्षण पेसामा १-२ दशक सम्म अनुभव बटुलेका शिक्षकले पढाई रहेका छन् l उक्त पाठशालामा हाल २ जना शिक्षक वैतनिक र २ जना अवैतनिक (स्वयम् सेवक)मा काम गरि रहेका छन् l

नेपाली बिधार्थीलाई पढाउन नेपालको अनुभवको साथै अमेरिकाको भर्जिनियाको अनुमति प्राप्त शिक्षक पनि रहेका छन् भने पाठ्यक्रम पनि नेपालको सरकारी तथा निजि बिध्यालयका पाठ्यक्रमका पुस्तक झिकाईएको छ l समुदायको लागि र दिर्घकालिन परियोजना भएकोले यो लामो समय सम्म जाने अध्यक्ष रेग्मीले बताउदै नेपाली समुदायलाई आफ्ना बालबालिकालाई समेत ल्याउन आग्रह गरेका छन् l

man 4 man 2 man 1 man 7

प्रतिक्रिया