हिलारी क्लिन्टनको जन्म कुण्डलीले आगामी निर्वाचनमा के भन्छ ?

इनेप्लिज २०७३ असार ७ गते २२:३६ मा प्रकाशित

hilary 1

संयुक्त राज्य अमेरिकामा हुनगैरहेको राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनको स्थिति डोनाल्ड ट्रंप भन्दा धेरै राम्रो रहेको ज्योतिषीय गणना आफुले यो भन्दा आगाडी संचार माध्यम मार्फत जानकारी गराई सकेको छु | यसै परिपेक्ष्यमा हिलारीमा भएका अरु पक्षहरु को विवेचना यस लेख मार्फत अवगत गराउने जमर्को गरेको छु

हिलारी क्लिन्टन :

एउटा नेतृत्वकर्तामा हुनुपर्ने गुणहरु छन् हिलारीको जन्मकुण्डलीमा | शुक्र ग्रह ज्ञानको प्रतिक को, यसलाई अमेरिकी भाषाको प्रतिक पनि मानिन्छ | आफ्नै राशिमा रहेको शुक्रग्रह ले योगाधिराज योग बनाएको हुदा नेतृत्वको उच्च स्थानमा पुग्ने क्षमता राखेकी छन् हिलारीले | लग्नस्थानमा रहेको बुध-आदित्य योग अर्को सुन्दर पक्ष हो हिलारीको जन्म कुण्डलीमा |

hilari rekha

दशमस्थानमा पद्मराग योग बनाएर बसेको शनि एवं श्रिवत्स योग बनाएर बसेको मंगलले हिलारीमा रहेको अद्भुत प्रशासनिक खुबी एवं चाहिएको बेला कठोर भन्दा कठोर निर्णय गर्न सक्ने क्षमता दर्साउँछ | एकादशस्थानको स्वामी सुर्यग्रह लग्नमा कामधेनु नामक योग बनाएर बसेको हुदाँ उनी देशकै लागि लच्छिन हुने देखिन्छ |

एउटा अर्को राम्रो संयोग छैठौ स्थानमा रहेको राहुले बनाएको छ, भनिछ- त्रिशट एकादशे राहु सर्वरिस्टा प्रशान्तये : अर्थात् ३,६,११ स्थानको राहुले सबै अरिस्ट नाश गर्छ | जतिसुकै अप्ठ्याराहरु आए पनि अन्तत: सफलता सुनिश्चित गर्छ छैठौ राहुले | हिलारी विजयी भएमा देशकैलागि अत्यन्त सफल सरकारप्रमुख हुनेछिन अनि उनको कार्यकाल पनि आर्थिक/प्रशासनिक/कुटनैतिक हिसाबले अत्यन्त सफल हुनेछ |

subash

प्रतिक्रिया