अमेरिकामा ब्यबसाय गर्नुपुर्ब यि ३ कुराहरु पनि हेक्का राखे राम्रो

इनेप्लिज २०७३ असार ७ गते ११:१० मा प्रकाशित

Untitled

अमेरिकामा ब्यबसाय गर्नु पुर्ब यि ३ कुरामा बिशेष हेक्का र साबधानि राख्नु होला। अन्यथा तपाइ डुब्ने सभाबना अधिक रहन्छ। आर्थिक स्वतन्त्रताको प्राप्ति र अमेरिकामा साना ब्यबसायका लागि उपलब्ध अबसरको सदुपयोगका लागि अरु भर्याङ्ग चढे म चाहि धुरि चढ्छु भन्ने मनसुवा कदापि नराखे बेस। तर यि ३ कुराहरुमा ध्यान दिनुहोला जसले तपाइलाइ साबधानि मात्रै अपनाउन सहयोग गर्दैन ठुलो आर्थिक एबम मानसिक क्षति हुनबाट जोगाउनेछ। के हुन ति ३ साबधानिहरु?

१) भएभरको जति सबै ब्यबसाय किन्न लगानि गरेर हातमा शुन्य रकम अर्थात कौडि पनि बाकि नरहने गरि ब्यबसाय नगर्नुहोला। साना ब्यबसाय गर्दा ब्यबसाय किनेर र ब्यबसाय शुरु गर्दा तपाइ सङ्ग कम्तिमा १० हज्जार देखि ३० हज्जार डलरसम्म्म जगेडा सुरक्षित राख्नुहोस जसलाइ ब्यबसायका लागि जतिखेर पनि आबस्यक पर्ने सिड मनि अर्थात रिभल्बिङ्ग फन्ड भनिन्छ। ब्यबसाय शुरु गर्नु पुर्ब कतिपय अनसिन अर्थात देख्दै नदेखिने खर्चहरु अपर्झट आइपर्छन। जिरो अर्थात शुन्यताबाट तपाइ ब्यबसायले दिनदिनै कमाइहाल्छ भनेर ढुक्क नहुनुहोस। यहि अनसिन खर्चले तपाइलाइ शुरुमै अप्ठेरो बनाउदैन मात्रै धेरैलाइ तनाब र ब्यबसाय प्रति नफरत बनाइदिन सक्छ। पहिलो गासमै ढुङ्गा अर्थात झिङ्गा भनेजस्तो यसले पार्न सक्ने मानसिक तनाब र ब्यबसायलाइ गति दिन नसक्ने स्थितिको सिर्जना हुनेछ। त्यसैले ब्यबसाय किनेर, शुरु पनि गरेर लाग्ने खर्च गरेर बाकि कम्तिमा माथि भने जस्तो रकम खल्तिमामा तयारि अबस्थामा राख्नुहोला।

२) आफन्त, भाइसाथि, चिनेको वा जो सुकै मार्फत तपाइलाइ ब्यबसाय किन्ने अबसर आउन सक्छ वा तपाइले ब्यबसाय खरिदका लागि खोज्दै जादा सबलिजको अफर आउनसक्छ। के हो त यो सबलिज भनेको सजिलो अर्थमा? गाउघरमा घरधनि वा साहुले कसैलाइ लौ म वा मेरो परिवार २।४ महिनाको लागि परदेश, शहर वा कहि कतै जानु पर्यो। मेरा दुहुनो लैनो गाइ भैसि वा केहि दिनमा ब्याउदै छ। ब्याएपछि वा लैनो गाइभैसिलाइ दुधिलो घास अन्न खुवाउनु र जे जति दुध आउछ बिहानको दुध बेचेर पैसा जम्मा बनाएर राखिदिनु र बेलुकिको दुध चाहि खानु तर गाइ भैसि मरे भने वा तलमाथि केहि भयो भने जिम्मेवार चाहि त हुन्छस है भनेर दिएको कबुलियत जस्तो हो सबलिज भनेको। ब्यबसाय सप्रिदा हुदा खादा र चलेको अबस्थामा त ठिकै छ। डुबेको र चल्नै नसक्ने र ओभरहेड बढि भएर आफु लिज सम्झौताबाट उम्कन नसक्ने भएपछि सबलिज वाला खोजेर घाडो जिम्मा लगाउने र आर्थिक जिम्मेवारि र तिरनतारन जति दोश्रो लिजवाला अर्थात सबलिजको काध र टाउकोमा हाल्ने चलन हो अमेरिकामा यो सब लिज भनेको तर कोहि कोहि बिशेष कारणबस निस्कनुपर्ने इमान्दार जस्तै पारिवारिक, स्वास्थ्य वा अपर्झट वा कुनै बिशेष कारणले लिज सम्झौतामा बाधिएकाले उम्कन नसकिने अबस्थामा सबलिज दिएर गरिखान दिने इमान्दार लिजिहरु पनि नभएका होइनन तर यस्तो पाउन मुस्किल छ। भोलि आफु सबलिजि भएर बुझाएको रेन्ट घरसाहुलाइ अर्थात ल्यान्डलर्डलाइ बुजाइदिएन भने तपाइको ब्यबसायका लागि तिरेको गुडविल मनि र लगानि सबै डुब्न सक्नेछ। यस्तो अबस्थामा बिजिनेस अर्थात कमर्सियल वकिललाइ देखाएर मात्र अघि बढ्नु राम्रो हुन्छ। सकेसम्म कुनै हालतमा पनि सबलिजमा ब्यबसाय खरिद नगर्नुहोला। यस्तो अबस्थामा ब्यबसाय राम्रो अबस्थामा चल्न थाल्यो भने पनि वा ब्यबसाय चलेन भने तपाइ निस्कने बाटो खोज्ने क्रममा दुइ अबस्थामा तपाइ जोखिममा पर्ने सभाबना हुन्छ। ब्यबसाय गर्ने मानिस अझै पाकिस्तानि, भारतिय पटेल र अरबि मानिसहरुको बिस्वास नै नगर्दा राम्रो हुन्छ। त्यसैले सबलिज गर्नु पुर्ब १०० पटक सोच्ने र हातै नहाले हुन्छ। पुर्ण सम्झौता ल्यान्डलर्ड वा उसको प्रतिनिधि रियलस्टेट कम्पनि सङ्ग सिधै सम्झौता गर्नुहोला। सम्झौता गर्दा आत्तिएर, मात्तिएर आबेग र चम्केर बढि बर्षको सम्झौता नगर्नुझोला। बढिमा ५ बर्ष र थप्ने अप्सन ५ प्लस ५ बर्सको राख्नुहोला।

३) पार्टनसिपमा कदापि झुक्किएर पनि ब्यबसाय नगर्नुहोला। यो डुब्ने मेसो हो। ब्यबसायका लैला मजनु अर्थात मालति मङ्ग्लेको प्रेम जस्तो कहि कति पार्टनरसिपमा हुन सक्लान, पार्टनरसिपले चलेको पनि छ तर यो सयौमा एक हुनसक्ला। आखिर किन चल्दैन त पाटर्नरसिप ब्यबसाय अमेरिकामा? पार्टनरबिचको अपारदर्शिता, निर्णयमा खिचातानि, तै चुप मै चुप, उसले गर्ला, हिसाबकिताबमा गोलमाल, खट्नेमा तलमाथि, लगानिमा र च्वाइसमा अन्तर्दन्द र बिबाद, एक्लै गर्दा र एक्लैको ब्यबसाय जस्तो हुने जागर उत्साह, खटाइ र श्रममा कमि, प्रर्बदनमा अनिर्णयको बन्दि र अन्तमा मनमुटाबबाट पार्टनसिप अन्ततोगत्वा असफल भएरै जाने देखिन्छ। ब्यबसाय भयङ्कर राम्रो भएर गए एउटाले अर्कोलाइ निकाल्ने, लखेट्ने प्रपन्च शुरु हुने र ब्यबसाय नचलेमा को चाडै निस्कने र उम्कने खेलले पाटनर्सिप ब्यबसाय आमेरिकामा नफाप्प्ने देखियो। तर समुह लगानि र ब्यबस्थापनका लागि बेग्लै सयन्त्र हायर गरेर चलाउदा नचल्ने होइन तर पाटनरहरु बिच आफआफै काम गर्दा यो समस्या बल्झिएको देखियो। बरु सानो नहोस तर एक्लै गर्दा आफ्नै निर्णय र आफ्नै नेत्रित्व तर नो पार्टनरसिप एनिमोर यदि तपाइ गरेर खान छाहनुहुन्छ र ब्यबसाय आफ्नै ढङले शान्तपुर्बक चलाउन र फाइदा पनि लिन चाहनुहुन्छ भने।

प्रतिक्रिया