डिसीमा नेपाली दुताबासका तीन जना डिप्लोम्याट्सलाई बिदाई

इनेप्लिज २०७३ असार ७ गते १०:४७ मा प्रकाशित

DSC00012

वाशिंगटन डिसी स्थित नेपाली दुताबासका लेखनाथ गौतम, हाकिम भण्डारी र उप नियोग प्रमुख तथा रसियाका लागी प्रस्ताबित नेपाली राजदुत ऋषीराम घिमिरेलाई अमेरिकाबाट डिसीबासिको तर्फ बाट बिदाई गरिएको छ l

DSC09943

राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको च्यानटिली मिनर्भा-ब्यान्क्वेट हलमा रात्रिभोज सहितको भब्य बिदाई समारोह आयोजना गरेर रसियाका लागी प्रस्ताबित नेपाली राजदुत ऋषी राम घिमिरे, द्वितीय सचिब लेखनाथ गौतम र तृतीय सचिब हाकिम भण्डारीलाई एकैसाथ बिदाई गरियो l

DSC09951

नेपाल सरकारले रसियाको लागी नेपाली राजदुत पदमा सिफारिस गरेकोले ऋषी राम घिमिरे नेपाल फर्कन लागेका हुन् भने लेखनाथ गौतम र हाकीम भण्डारी आफ्नो ४ बर्षे कार्यकाल पुरा गरेर आगामी जुन २२ तारिख बुधबार नेपाल फर्कन लागेका हुन् l

DSC09946

अमेरिकाका लागी महामहिम नेपाली राजदुत ड़ा० अर्जुन कुमार कार्कीले उहाँहरु तिनैजनालाई सम्मानपत्र र खादा पहिर्याई दिएर अमेरिकाबाट बिदाई गर्नुभयो l संसारका ९० वटा मुलुकहरुमा फैलिएको एक मात्र संस्था अन्तरास्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भएको उक्त बिदाई समारोह संस्थाका केन्द्रिय-सचिब प्रकाश नेपालले संचालन गरेका थिए l

DSC09940

अमेरिकाकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटीका पुर्ब अध्यक्ष खेम भट्टचानले बिदाई भएर जाने तिनैजना डिप्लोम्याट्सले अमेरिकाको नेपाली समुदायलाई गरेको सहयोगको बारेमा बोलेका थिए l

DSC09936

प्रस्ताबित रसियाको लागी नेपाली राजदुतको छोंट्टो परिचय:

रसियाको लागी प्रस्ताबित नेपाली राजदुत श्री ऋषीराम घिमिरेको स्थायी घर गुल्मी जिल्ला धुर्कोट राजस्थल गा.बि.स. को “धुर्कोट” हो l

ऋषी राम घिमिरे शाखा अधिकृत पदमा २०४५ सालमा पररास्ट्र सेवामा प्रबेश गरेका हुन् l नेपाली दुताबास गल्फमा १९९५ देखी १९९९ सम्म प्रथम सचिब, २००६ देखी २००९ सम्म सार्क सचिवालयको निर्देशक, २०१२ को मार्च देखी ११ महिनासम्म नेपाली दुताबास कतारमा मिनिस्टर काऊन्सिलर र२०१३ देखी हालसम्म अमेरिकाको नेपाली दुताबासमा अधिकृत स्तर प्रथम श्रेणी / सह-सचिब स्तरको ऊपनियोग-प्रमुख पदमा रहेर धेरै समय कार्यबाहक-राजदुतको रुपमा अमेरिकाको नेपाली दुताबास ऋषीराम घिमिरेले चलाईरहे l

नेपालको त्रिभुवन बिश्वोबिद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर (एम० पि० ए०) गरेका रसियाका प्रस्ताबित राजदुत ऋषीराम घिमिरेले अन्तरास्ट्रिय सम्बन्ध बिषयमा फ्रान्सबाट मास्टर्स गरेका छन् l

प्रतिक्रिया